एमालेको नेतृत्व विना देशले संविधान पाउदैन्–खगराज अधिकारी

पोखरा, २९ कार्तिक/नेकपा एमालेका केन्द्रीय सदस्य तुलबहादुर गुरुङले एमालेको पक्षमा देशब्यापी जनलहर बढेको बताउदै एमालेको विजय निश्चित भएको दावी गरेका छन् । बहुपहिचान सहितको संघियता र राष्ट्रिय अखण्ड नेपालको लागी एमालेलाई मतदान गदै आग्रह गदै देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएको दावी गरे ।

उम्मेदवार कृष्ण थापाले दोस्रो सविधान सभाको निर्वाचनमा नेकपा एमालेको विजय भएमात्र सविधान बन्ने दावी गरे । उनले विगतमा नेकपा एमालेले राष्ट्र निर्माणमा खेलेको भूमिकाको मुल्याङकन गर्दै आफ्नो पार्टीलाई विजय बनाउने विश्वास प्रकट गरे । त्यस्तै नेकपा एमाले क्षेत्र न २ का विभिन्न ठाँउमा रहेका सुकुम्वासीबस्ती भेला तथा अन्र्तक्रिया कार्याक्रमहरु सम्पन्न भएको छ ।

क्षेत्र न २ अन्र्तगतस्तै पोखरा १० अमरसिंह चोकमा रहेको नागीनटोलको सुकुम्वासी बस्तीमा पनि आजै एमालेले अन्र्तक्रिया गरेको छ । अन्र्तक्रिया कार्यक्रममा एमाले बैकल्पिक पोलिटब्यूरो सदस्य खगराज अधिकारीले नेकपा एमालेको नेतृत्व विना देशले संविधान नपाउने बताए । विगतमा नेपाली काँग्रेसले पटक पटक बहुमत पाएपनि जनताको पक्षमा काम गर्न नसकेको र गत संविधान सभामा एमाओबादी ठूलो पार्टी भएपनि संविधान बनाउन नसकेका कारण आगामी निर्वाचनमा एमालेलाई विजयी गराउन आग्रह गरे ।

कमेन्टहरु
Loading...