कास्कीका चार गाउँपालिकामा प्रमुख तीन पार्टीकै उम्मेद्वारी दर्ता

पोखरा, २० वैशाख/कास्कीका चार गाउँपालिकामा आज मुख्य पार्टीहरुले उम्मेद्वारी दर्ता गरेका छन् । चारै गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका पार्टीहरुले उम्मेद्वारी दिएका हुन् । मादी गाउँपालिकामा कांग्रेसका देवीजंग गुरुङले प्रमुखमा उम्मेद्वारी दर्ता गरेका छन् ।

उपप्रमुखमा प्रभाश्री गुरुङले उम्मेद्वारी दिएका छन् । मादी गाउँपालिकामा एमालेका वेदबहादुर गुरुङ श्यामले प्रमुखमा उम्मेद्वारी दिएका छन् भने उपप्रमुखमा विष्णुमाया पौडेलले उम्मेद्वारी दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रका राधादेवी बास्तोलाले प्रमुख र उप्रमुखमा नन्दश्री गुरुङले उम्मेद्वारी दिएका छन् । रुपा गाउँपालिकामा कांग्रेसका प्रकाशमोहन खनालले प्रमुख र उप प्रमुखमा गीमाया गुरुङले उम्मेद्वारी दिएका छन् ।

रुपामा एमालेका नवराज ओझाले प्रमुख र उपप्रमुखमा लालसुब्बा गुरुङले उम्मेद्वारी दर्ता गरेका छन् । रुपा गाउँपालिकामा नेकपा माओवादी केन्द्रकी निर्मला सुवेदी (क्रान्ती) र उपप्रमुखमा पुष्प खनालले उम्मेद्वारी दर्ता गरेका छन् ।

अनपूर्ण गाउँपालिकाको प्रमुखमा कांग्रेसका युवराज कुँवर र उपप्रमुखमा खेमकुमारी गुरुङले उम्मेद्वारी दर्ता गरेका छन् । अन्नपूर्णमा एमालेका विष्णु केसीले प्रमुख र उपप्रमुखमा सगुन गुरुङले उम्मेद्वारी दिएका छन् । माओवादी केन्द्रका धर्मबहादुर गुरुङले प्रमुख र हरिमाया तिमिल्सिनाले उपप्रमुखमा उम्मेद्वारी दिएका छन् ।

माछापुच्छ«े गाउँपालिकामा कांग्रेसका खुसीमान गुरुङले प्रमुख र टेकनशोभा गुरुङले उपप्रमुखमा उम्मेद्वारी दिएका छन् । माछापुच्छ्रे गाँउपालिकामा एमालेका कर्णबहादुर गुरुङले प्रमुख र कृष्णाकुमारी दवाडीले उपप्रमुखमा उम्मेद्वारी दिएका छन् । माछापुच्छ«े गाउँपालिकामा माओवादी केन्द्रका प्रवीणा अधिकारीले प्रमुख र टेकनाथ गौतमले उपप्रमुखमा उम्मेद्वारी दर्ता गरेका छन् ।

कमेन्टहरु
Loading...