कास्की काँग्रेसद्वारा गिरफ्तार विद्यार्थी रिहा गर्न माग

पोखरा, १ साउन /नेपाली काँग्रेस कास्कीले मङ्गलवार विज्ञप्ति प्रकाशित गरी प्रहरीले गिरफ्तार गरेका नेपाल विद्यार्थी संघका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न माग गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ष्ण केसीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शन गरेका विद्यार्थीलाई कुटपिट र गिरफ्तार गर्नु निन्दनिय भएको उल्लेख छ ।

विज्ञप्तिमा गिरफ्तार विद्यार्थी नेताहरु टेनिस श्रेष्ठ, फिरोज सुबेदी, निश्चल पाण्डे, नन्दलाल सापकोटा, विकास रानाभाट र राजीव भण्डारीलाई तत्काल रिहा गर्न माग गरिएको छ ।

साथै विज्ञप्तिमा प्रहरीको कुटपिटबाट घाइते भएका विद्यार्थी नेताहरु पशुपति भट्टराई, दिपेन्द्र गौतम, सन्देश क्षेत्री, ध्रुवराज अधिकारी र गौरव बरालको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

पोखराको इन्जिनियरिङ कलेज फिर्केमा नेवि संघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

कमेन्टहरु
Loading...