कास्की काग्रेसको सभापतिमा कृष्ण केसी बिजयी

सागर राज तिमिल्सिना
पोखरा, २५ माघ /नेपाली काग्रेस कास्कीका सभापतिमा कृष्ण केसी विजयी भएका छन् ।

लामो समय कास्की काग्रेसको नेतृत्व गरेका शुक्रराज शर्मालाई केसीले ४१ मतले पछिपार्दै विजयी भएका हुन् । केसीले ३ सय ६९ मत ल्याएका थिए भने शर्माले ३ सय २८ मत ल्याएका थिए ।
कास्की काग्रेसको सचिब रहेका केसीलाई क्षेत्र नम्बर १ मा सबैभन्दा बढी मदाताले साथ दिएका छन् ।

सचिबमा पदमा सुदिप मोहन भट्टाराईले २ सय ३७ मत ल्याउदै विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी विष्णुप्रसाद पौडेलले २ सय ३० र दुर्गा तिमिल्सिनाले १ सय ९७ मत ल्याएका छन् । त्यसै गरि कोषाध्यक्षमा लक्ष्मी पाण्डेले ३ सय ४७ मत ल्याउदै विजयी भएकी छन् ।

कमेन्टहरु
Loading...