कास्की काँग्रेसको क्षेत्र नं १ र २ मा समायोजन

81

पोखरा, १९ भदौ / नेपाली काँग्रेस कास्कीले स्थानीयतह पुनसंरचना अनुसार क्षेत्र नं १ र २ मा समायोजन गरेको छ ।

सम्बन्धित क्षेत्रका महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य र वडा सभापतिको भेलाले २ क्षेत्रमा समायोजन गरेको हो । स्थानीय तह संगठन पुनसंरचना अन्तरिम व्यवस्था निर्देशिका २०७६ अनुसार समायोजन गरिएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

कास्की क्षेत्र नं १ को सभापतिमा बृजमान गुरुङ यथावत् रहेका छन् । सो क्षेत्रको (क) को सभापतिमा शरदराज सुवेदी र (ख)को सभापतिमा कृष्ण कोइराला चयन भएका छन् ।

त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा माधव बास्तोला ‘मधु’, सो क्षेत्रको (क)को सभापतिमा विजयराज आचार्य र (ख) को सभापतिमा दिपेन्द्र मरासिनीले जिम्मेबारी पाएका छन् ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...