कास्की कांग्रेसको जागरण अभियान सुरु

सरकारको अधिानायवादले सबै क्षेत्र त्रसित ः महामन्त्री खड्का

पोखरा २६ बैशाख​/नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले सरकारको अधिनायकवादलाई रोक्न कांग्रेसले जागरण अभियान लिएर हिडेको बताएका छन् । जागरण अभियानको पोखरामा उद्घाटन गर्दै महामन्त्री खड्काले दुई तिहाईको दम्भमा सबै क्षेत्रमा हस्तक्षेप बढाएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संसद र संसदीय अभ्यासलाई कमजोर बनाउँन उद्दत भएको खड्काले आरोप लगाए । महामन्त्री खड्कालले कम्युनिस्ट सरकारको आलोचना जनता, बुद्धिजिवी वर्ग र व्यापारी वर्गले समेत बिरोध गरेको बताए । अहिलेको अवस्थामा लोकतन्त्र र जनताको मुद्दा बोलि दिने पार्टीका रुपमा कांग्रेसलाई लिने गरेको उनको आरोप छ ।

उनले कांग्रेसले टीकटा वितरण प्रक्रियमा कमजोरी गरेका कारण पराजयको अवस्था आएको समेत बताए । पार्टीलाई एक ढिक्का बनाउँनका लागि जागरण अभियान महत्वपूर्ण रहेको बताए । अभियानले नेता बलियो होइन कि कार्यकर्ता र पार्टी बलियो हुने गरी काम हुने समेत बताए ।

केन्द्रिय सदस्य अर्जुन जोशिले सरकार संविधान विरोधि गतिविधिमा उद्दत रहेको बताए। लोकतन्त्र कम्युनिस्टले होइन कांग्रेसले जोगाउनुपर्ने समेत बताए । बिगतमा भएका गल्ति सच्याएर जनतामाझ जानु नै कांग्रेका लागि राम्रो हुने बताए ।

त्यसैगरी कास्की कांग्रेसका सभापति कृष्ण केसीले जागरण अभियानले पाटीलाई एक ढिक्का बनाउँने बताए । कार्यक्रममा कास्की कांग्रेसका उपाध्यक्ष आई बहादुर गुरुङ, सचिव सुदिप मोहन भट्टराई लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...