कांग्रेस बैठकमा नेतृत्वको कडा आलोचना

काठमाडौं, ९ चैत/नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेतृत्वको कडा आलोचना भएको छ ।पार्टी संगठन, निर्वाचनको समीक्षा लगायतका छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार​देखि भएको सुरु केन्द्रीय समितिको बैठकमा सदस्यहरुले नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नु परेको भन्दै चर्को आलोचना गरेका छन् ।शुक्रबार​बोल्ने अधिकांश नेताहरुले पार्टीले निर्वाचका बेला स्पस्ट रणनीति बनाउन नसक्दा पराजय भोग्नु परेको धारणा राखेका छन् ।उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको सिद्धान्त र आदर्शलाई पर्वाहा नगरी व्यक्तिगत महत्वाकांक्षा र सत्ता केन्द्रित राजनीतिक चरित्र देखाएका कारण पार्टी कमजोर भएको टिप्पणी गरेका छन् ।

बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकार र पार्टी नेतृत्वमा सभापति देउवाले अपनाएको गलत रवैयाका कारण पराजय व्यहोर्नुपरेको आरोप लगाएका छन् ।उनले पार्टी सभापति देउवाले निर्वाचनमा पराजयको जिम्मेवारी लिनुपर्ने जिकिर गरे ।सिंहले आफ्नो ९ बुँदे लिखित सुझाव प्रस्तुत् गर्दे सैद्धान्तिक, नीतिगत, कमजोर संगठन, कमजोर नेतृत्वलाई पार्टी पराजयको रुपमा उल्लेख गरेका छन् ।निर्वाचनमा गुटगत टिकट वितरण र अराजक शैलीमा पार्टी सन्चालन गरेका कारण पराजय भोग्नु परेको भन्दै सिंहले नेतृत्व सच्चिनु पर्नेमा जोड दिए ।त्यसैगरी, पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले पनि पार्टीको आन्तरिक संगठन चुस्त हुन नसकेको भन्दै नेतृत्व सच्चिन आवश्यक रहेको बताएका छन् ।

पार्टी विधान विपरीत मनोमानी ढंगले चलेको भन्दै सिटौलाले नेतृत्वको रवैयाका कारण पार्टी पराजय भएको आरोप लगाएका छन् ।प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आन्तरिक सुदृढीकरण र एकताबद्ध भएर अगाडि बढ्नका लागि नेताहरुले सुझाव दिएको बताएका छन् ।उनले संविधानमा भएको फेरबदल अनुसार पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहको नयाँ संरचना बनाउने बारेमा पनि छलफल भएको जानकारी दिए ।उनले पार्टीलाई संघीय संरचना अनुसारको ढाँचामा लैजान विधान संशोधन गरिने तयारी भएको पनि जानकारी दिए ।बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने भएकाले बैठक एक सातासम्म चल्ने जनाइएको छ ।

कमेन्टहरु
Loading...