सरकार अधिनायकबादतर्फ उन्मुख – थापा

पोखरा, २६ साउन /राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार अधिनायकबाद तर्फ उन्मुख रहेको बताएका छन् ।

पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा थापाले दुई तिहाईमा निर्मित सरकारको क्रियाकलापले अधिनायक तर्फ उन्मुख भएको बताए ।

पूर्व उपप्रधानमन्त्री समेत भईसक्नुभएका थापाले सरकारकार काम र गतिविधी सन्तोषजनक नभएपनि केही समयपछि मात्रै सरकारका बारेमा टिका टिप्पणी गरिने बताए ।

उनले सरकारले केही राम्रा कामको थालनी गरेपनि निरन्तरता दिन नसकेको बताए ।

कमेन्टहरु
Loading...