राप्रपाका कमल थापा बने उपप्रधानमन्त्री

काठमाडौं, फागुन २६/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्त भएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विस्तारका क्रममा थापालाई उपप्रधान तथा स्थानीय विकास मन्त्रीमा नियुक्त गरेका हुन् ।माओवादी केन्द्रको कोटाका स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई फिर्ता बोलाएर सो मन्त्रालय थापालाई दिइएको हो ।यस्तै, नेपाली कांग्रेसको कोटाका पर्यटनमन्त्री जीवन बहादुर शाहीलाई फिर्ता गरेर उनको स्थानमा राप्रपाकै दिलनाथ गिरीलाई पर्यटनमन्त्री बनाइएको छ ।

यसैबिच​, राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बिच उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापा र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री दिलनाथ गिरीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

कमेन्टहरु
Loading...