प्रदेश सभाषद जीवनको मतदातालाई आभार

पोखरा, २५ मंसीर/संयुुक्त वाम गठवन्धनको तर्फवाट कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को प्रदेश सभा क्षेत्र नं १ का नवनिर्वाचित प्रदेश सभाषद रामजी प्रसाद बराल(जीवन) ले मतदाताले गरेको विश्वासलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आईतवार एक विज्ञप्ती जारी गर्दै वरालले आफुलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई आभार व्यक्त गर्दैै सँधै जनताकै विचमा रहने उल्लेख गरेका छन् । “जनताले मलाई जसरी निर्वाचनमा विजयी गराएर ठूलो जिम्मेवारी सुम्पिएका छन्, त्यसलाई म पूरा गर्नेछु।”उनले भने ।

बरालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न लागि पर्ने राष्ट्रसेवकहरु, आफुलाई विजयी गराउन लागि पर्ने संयुक्त वाम गठवन्धनका नेता/ कार्यकर्ताहरु, शुभचिन्तकहरु, सञ्चारकर्मी, ईष्टमित्र, लगायतलाई उनले धन्यवाद व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...