जनप्रतिनिधिको तलव सुविधाबाट जनतालाई स्टेचर

बागलुङ, २७ चैत्र /बागलुङको जैमिनी नगरपालिका-७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले राज्यबाट पाएको तलव सुविधाबाट विपन्न गाउँका जनतालाई स्टेचर वितरण गरेका छन् । रसाईलीले आफ्नो तलवभत्ताबाट टोल-टोलमा २० ओटा स्टेचर वितरण गरेका हुन् ।जनप्रतिनिधि भएपछि रसाईलीले सरकारबाट खाइपाई पाएको तलवभत्ता सामाजिक क्षेत्रमा लगाउँदै आएका छन् ।

बिरामीलाई बोकेर तुरुन्त स्वास्थ्य संस्थासम्म पु¥याउन सहज होस् भनेर उनले आफ्नो १ लाख २० हजार तलव भत्ताको रकम स्टेचर वितरण गर्नमा लगाएका हुन् । स्टेचर वितरण गर्दै रसाईलीले राजनितिपेशा नभई सेवा भएकाले आफू जनप्रतिनिधि रहँदासम्म राज्यबाट प्राप्त भएको तलवभत्ता गरिब र बिपन्न नागरिकको सेवा खर्च गर्ने बताएका थिए ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यको उपस्थितिमा रसाईलीले स्टेचर वितरण गरेका थिए । यसअघि पनि वडा सदस्य रसाईलीले जैमिनी नगरपालिका-७ स्थित जनता बाल साक्षरता प्राविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री, झोला वितरण गरेका थिए । त्यस्तै, संस्कृत मावि बेलवगरमा अध्ययनरत विद्यार्थीका लागि विज्ञानका प्रयोगात्मक सामग्रीहरुसमेत वितरण गरिसकेका छन् । अहिलेसम्म सरकारी तलव र आफ्नै खर्चबाट झन्डै साढे २ लाख रुपैयाँभन्दा बढीका विभिन्न सामग्री सहयोग गरिसकेका छन्

‘कुनै दिन मैले भनेको थिएँ राज्यबाट पाएको सेवा सुबिधा म एक पैसा पनि प्रयोग गर्ने छैन, सोही अनुसार मैले गरेको प्रतिबद्धता पूरा गरेको हुँ । आफूले नागरिकका लागि स्टेचर हस्तान्तरण गर्न पाउँदा अझ हर्षित भएको छु । उनले भने, ‘यस अभियानमा साथ दिनुहुने सम्पूर्ण जैमिनी नगरपालिका ७ जैदी र अन्य वडाका नागरिकहरु, शिक्षक, पत्रकार, सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयका साथिहरुलगायत सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग गर्न अग्रह गर्दछु ।’

कमेन्टहरु
Loading...