जनजातिले जेठ २० गते पोखरामा प्रदर्शन गर्ने

पोखरा, १६ जेठ/कास्कीका आदिवासी जनजातिहरुले जेठ २० गते पोखरामा प्रदर्शन गर्ने भएको छ ।

तमु धिं नेपालद्धारा आयोजित आदिवासी जनजाति अन्र्तक्रियात्मक भेलाले ४ नं. प्रदेशलाई तमुवान—मगरात प्रदेश नामाकरण गराउन, कटौती गरिएको आदिवासी जनजातिका चार्डपर्व विदा पुनःदिलाउन, आदिवासी जनजातिका भाषाहरुलाई सरकारी कामकाजको भाषा बनाउन लगायतका मागसहित प्रदर्शन गर्ने निर्णय गरेको हो ।

आदिवासी जनजातिहरु भेला भई आदिवासीय पहिचान, अधिकार, स्वाभिमान, नामेट गरिन लागिएको अस्तित्व रक्षाका लागि आन्दोलनको तयारीको लागि सांकेतिक प्रदर्शनका साथ प्रदेश संसदमा पुगी आफ्ना माग पत्र प्रदेश सभा, प्रदेश सरकार र संघीय सरकारलाई बुझाउने भएको छ ।

अधिकारका लागि आन्दोलन अपरिहार्य भएकाले प्रदर्शनको लागि तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।

कमेन्टहरु
Loading...