हिन्दू राष्ट्र पुनस्थापनाका लागि फागुन ७ देखी आन्दोलन

पोखरा, २५ साउन/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउँदो फागुन ७ गतेदेखि हिन्दू राष्ट्र पुनस्थापनाका लागि आन्दोलन थाल्ने बताएका छन् । गण्डकी प्रदेश स्तरीय हिन्दुराष्ट्र पुनस्थापना राष्ट्रिय जनजागरण कार्यममा थापाले फागुन ७ गते देखी निर्णायक आन्दोलन गर्ने घोषणा गरे ।

उनले आफूहरुको आन्दोलनअघि नै संविधान संशोधन गरि धर्म निरपेक्ष हटाउन सरकारलाई आग्रह गरे । उनले हिन्दू राष्ट्रको नेपालको मौलिक धर्म भएका कारण नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने बताए । उनले विदेशीको उक्साहटका कारण नेपालबाट हिन्दू राष्ट्र नेताहरुले हटाएको आरोप लगाए । जनताको चाहना नहुँदानहुँदै स्वार्थी राजनीतिको कारण विदेशीको इशारामा हिन्दू राज्य हटाएको उनको दावी थियो ।

नेता थापाले हिन्दू राष्ट्र स्थापनाका लागि आन्दोलन गर्न आवश्यक परे पार्टी र झण्डा छाडेर सडकमा आउने बताए । थापाले संविधानमा हिन्दू राष्ट्र लेखिए पनि नलेखिए नेपाली जनतको मन मनमा हिन्दु राज्य भएको उल्लेख गरे ।

कमेन्टहरु
Loading...