जनपक्षिय कार्यक्रमका लागि अध्ययन मै छुः मन्त्री चुमान

पोखरा, ७ फागुन/प्रदेश नं ४ का आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले आफु अहिले अध्ययन तथा आन्तरीक तयारीमा रहेको बताएका छन् । मन्त्रीको सपथ ग्रहण पछि प्रदेशको सुरक्षा, प्रदेश सञ्चालनका लागि आबस्यक पर्ने कानुन र्निमाण तथा जनताको दैनिकी संग जोडिएको सबालमा बिषेश कार्याक्रम घोषणा गर्ने तयारी स्वरुप आन्तरीक छलफलमा रहेको उनको भनाई छ ।

मुलुकमा पहिलोपटक संघियताको अभ्यास भएकाले जनतालाई संघियता प्रति नकारात्मक धारणा बन्न नदिन आफुहरु सजक रहेको र अहिलेको प्रदेश सरकारले त्यस बारेमा गभ्भिरता पुर्बक काम गरिरहेकोले छिट्टै जनसरोकारका बिषयमा तत्कालीन र दिर्घकालिन कार्यक्रमहरु सार्वजनिक गर्ने मन्त्री चुमानले बताए ।

आन्तरीक मामीला अर्थात प्रद्रेशको सुरक्षा तथा काननी बिषयमा नयाँपन ल्याउदै प्रदेश सरकार बनेपछि जनताले थप सुरक्षा र कानुनी राज्यको आभास हुने गरी काम हुने उनले बिस्वास ब्यक्त गरे ।

अहिले प्रदेश नं ४ मा नेकपा माओबादी केन्द्र बाट दुई र नेकपा एमालेको तर्फ बाट मुख्य मन्त्री सहित दुई जना मात्र रहेको मन्त्री परिषद बनेको छ । मन्त्रीपरिषद बैठकको तयारी पनि सोही अनुसार भैरहेको बताईएको छ ।

अहिले मन्त्रालयहरु सञ्चालनमा आएपनि कर्मचारी र कार्यबिधिमा भएका केही अन्योलताका कारण सोचे अनुसारका कामहरु हुन सकीरहेको छैन । मन्त्री परिषदले नै पुर्णता नपाएका कारण पनि सपथ ग्रहण गरेका मन्त्रीहरुले पनि आफ्नो सोच अनुसारको काम कार्वाही अगाडी बढाउन नसकेको बताइएको छ ।

कमेन्टहरु
Loading...