अन्तराष्ट्रिय खेलाडी चुनावी मैदानमा

पोखरा, २३ वैशाख /पोखरा लेखनाथ महानगर पालिकाको स्थानिय निकायको चुनावमा अन्र्तराष्ट्रिय खेलाडीले उमेद्वारी दिएका छन् । भलिवल खेलाडी हरि पराजुली चुनावी मैदानमा उत्रिएका हुन् । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ५ बाट सदस्य पदमा उनले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् ।

उनले सन् १९८२ मा दिल्ली, एसियन च्याम्पियन सिप सन् १९८३ जापानमा भलिवलबाट नेपालको प्रतिनिधित्व गर्दै भाग लिएका थिए । पराजुली नेपाल भुपु खेलाडी मञ्चका उपाध्यक्ष समेत छन् । आफ्नो उम्मेदवारीलाई लिएर पराजुलीले भने ‘मेरो जीवन नै खेलकुद हो । नशानशामा खेल छ । म खेलकुदको विकासको लागि चुनाव लडेको हु“ ।’

उम्मेदवारले आफ्ना घोषणापत्रमा खेलकुदलाई छुटाउने र राखे पनि मन लागेर काम नगर्ने कारण आफै लागेको उनले बताए । स्थानिय निकायमा काम गर्ने अधिकार समेत हुने कारण खेलकुद र आर्थिक विकासमा लागेर पोखरालाई खेलकुदको शहर बनाउन पहल गर्ने पराजुलीको अठोट छ ।

भने ‘खेल भनेको तल्लोस्तरदेखि पुर्वाधार बनाउने कुरा हो । म वडादेखि पहल शुरु गर्छु ।’ उनले ३० वर्षे सरकारी जागिर कृषि विकास वैंकबाट अवकाश पाएका हुन् । उनी राजनीतिमा आउ“दा खेल क्षेत्रको विकास हुनेमा खेलप्रेमी खुशी छन् ।

कमेन्टहरु
Loading...