नयाँ शक्ति कास्कीको संयोजकमा हेम बहादुर थापा

पोखरा १४ फागुन /नयाँ शक्ति नेपालको केन्द्रिय परिषदको घोषणा भए लगत्तै बिभिन्न जिल्ला परिषदहरु पनि गठन गर्दै गएको छ । यसै क्रममा नयाँ शक्ति कास्कीले पनि हेम बहादुर थापाको संयोजकत्वमा १०१ सदस्यीय जिल्ला परिषदको घोषणा गरेको छ ।

हेम बहादुर थापा
हेम बहादुर थापा

यस भन्दा अगाडी नयाँ शक्ति निर्माण अभियान कास्कीको संयोजकको रुपमा टिकाराम पौडेल रहदै आएका थिए । नयाँ शक्तिको जिल्ला परिषदको पौडेलले नै नयाँ शक्तिको संयोजकको रुपमा थापालाई प्रस्ताव गरेका थिए । जिल्ला परिषदको बैठकको समापनसँगै नयाँ शक्ति कास्कीको कार्यलय श्रृजनाचोकमा भएको पत्रकार सम्मेलनमा हेमबहादुर थापाको संयोजकत्वमा भएको जिल्ला परिषद सदस्यहरुको नामावली सार्वजानिक गरेको थियो ।

शुक्रबार भएको पत्रकार सम्मेलनमा मार्फत केहि दिन अघि र आज जहाज दुर्घटनामा शहादत प्राप्त गरेकाहरुप्रति समबेदना प्रकट गरेको थियो । बैठकले सबै जिल्ला परिषदहरुको कार्यबिभाजन गरेको कास्की संयोजकका रुपमा चयन भएका हेम बहादुर थापाले बताएका छन् । परिषदकै बैठकमा यस अघिका संयोजक टिकाराम पौडेलले मान्युट हेमबहादुर थापालाई हस्तान्तरण गरेका बैठकमा सहभागी रिम बस्यालले बताए ।

पत्रकार सम्मेलनमा नयाँ शक्ति नेपालका केन्द्रिय परिषदका सचिवालय सदस्य देबेन्द्र पराजुलीले नवनिर्वाचित जिल्ला संयोजकलाई बधाई दिदैँ भने –‘ नयाँ शक्तिले केन्द्रिय परिषदको घोषणा सँगै सांगठानिक गतिविधीलाई पनि जोड दिदैँ आएको छ । अभियानको चरण सकेर संगठन निर्माणको चरणसम्म आईपुग्दा नयाँ शक्ति प्रति जनताको ठुलो आर्कषण छ ।’ कार्यक्रमको संञ्चालन नयाँ शक्ति केन्द्रिय परिषद सदस्य रुद्र भट्टले गरेका थिए ।

कमेन्टहरु
Loading...