चैत मै स्थानीय निर्वाचन हुन्छ – मन्त्री गगन थापा

सागर राज तिमिल्सिना
पोखरा, २४ भदौ/स्वास्थ्य मन्त्री गगन थापाले चैत महिना मै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । वी.पी. कोइरालाको १०३ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै थापाले निर्वाचन गर्नका लागि सरकारले विधेयकहरु बनाएर व्यवस्थापिका संसदमा पेश गरेको बताए ।

स्थानीय तहमा गाउँपालिका र नगरपालिका ७ सय देखि ७ सय ५० सम्मको हाराहारीमा बनाउन उपयुक्त हुने मन्त्री थापाको धारणा थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री थापाले अव चुनाव हुन्छ की हुंदैन भने अलमलमा नपरी तैयारी अवस्थामा रहन पार्टी कार्यकर्ताहरुसंग आग्रह गर्नु भयो ।

अघिल्लो सरकारले निर्वाचन सम्वन्धी कुनै काम नै नगरी मंसीरमै चुनाव गर्ने भनेर गफ मात्रै चुटेकोे वताउंदै उहांले कामै नगरी रेल, पानी जहाज र घरघरमा ग्यांसको पाईप पुग्न नसक्ने धारणा राखे । देशका विशिष्ट व्यक्ति र सर्वसाधारण नेपाली जनताको अधिकार समान भएको वताउंदै स्वास्थ्य मन्त्री थापाले विशिष्ट व्यक्तिले सामान्य उपचारका लागि विदेश जान राज्यकोषवाट पैसा पाउने तर दीनदुःखी उपचारै गर्न नसकी मर्नेस्थितिको अन्य गर्न आपूm लागि पर्ने बताए ।

गगन थापा
गगन थापा

सवै नेपालीको घर र सवैको घरघरमा एक ÷ एक वटा दुहुनु गाई हुनु पर्ने जस्ता जुन सपना वी .पी .ले देख्नु भएको थियो अर्को पुस्ताले ती सपना वोकेर हिड्न नपर्ने स्थितिमा पुर्याउन हामी अघि वढ्नु पर्छ, उनको धारणा थियो । पूर्व सभामुख तारानाथ रानाभाटले वी .पी .ले देखाएको वाटोमा हिड्न सकिएमा मात्रै उहांप्रति सच्चा श्रद्धान्जली गरेको ठहरिने विचार व्यक्त गरे ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर के.सीको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस नेताहरु शुक्रराज शर्मा, खेमराज पौडेल र कोषाध्यक्ष लक्ष्मी पाण्डेले वीपीले गरेका योगदानका वारेमा चर्चा गरे । मन्त्री थापाले आजै पोखराको पूmलवारीमा रहेको मनिपाल शिक्षण अस्पतालको पनि निरीक्षण गरे ।

कमेन्टहरु
Loading...