शिक्षा मन्त्रीलाई कालो झण्डा देखाउन ९ जना पोखरामा पक्राउ

पोखरा, ७ असोज/सरकारले संशोधन गरेको नवौ शिक्षा ऐन विधेयक विरोधका विद्यार्थीहरुले पोखरामा शिक्षा मन्त्रीलाई कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउने ९ जनालाई प्रहरीले शनिबार नियन्त्रण लिई साझँ छोडेका छन् ।

पोखरा लेखनाथ महानगरपालीका वडा नम्बर ४ गैह्रापाटन स्थित उद्योग बाणिज्य संघमा पत्रकार महासंघ कास्कीको आयोजनामा स्वतन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारीता पुरस्कार वितरण गर्ने कार्यक्रममा जादै गर्दा विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् ।

उद्योग बाणिज्य संघको गेट नजिकै नयाँ शक्ति बिद्यार्थी युनियन तथा अखिल क्रान्तीकारी (बिप्लप समुहका) ९ जान पक्राउ गरेको हो ।

विद्यार्थीहरुले हालै सरकारले संशोधन गरेको नवौ शिक्षा ऐन विधेयक विरोधका साथै विश्व विद्यालयमा हुने राजनैतिक भागवण्डा अन्त्य गर भन्ने ब्यानर सहित नारा समेत लगाएका थिए ।

कमेन्टहरु
Loading...