नयाँशक्तिका कार्यकर्ताले बाबुरामलाई भने–बन्द गरेर पार्टी बन्दैन

पोखरा, २५ असार /पत्रकार अमृत सुबेदीले नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई सम्बोधन गर्दै -बन्द गरेर पार्टी बन्दैन्, देश समृद्ध बन्दैन । यो थोत्रो र पत्तु शैली हो । प्रतिपक्षी बन्नुपर्छ तर गलत प्रतिपक्षी बनेर जनताको मन जितिदैन । राजनीतिको नाममा गलत नजिर नबसालौं । भोलीको बन्द फिर्ता लिएर केही नवीन काम गर्ने नवीन सोंचतिर लागौं, आदरणीय नेता Dr.baburam Bhattarai  भन्दै सामाजीक सञ्जालमा लेखेका छन् ।

उनीले मात्रै हैन अन्यले पनि आफ्नो शैलीमा बाबुरामलाई सुझाएका छन् । नयाँ शक्तिका कार्यकर्ता सहित धेरै नागरिकहरुले नयाँ शक्तिको यस्तो ब्यवहारप्रति खरो टिप्पणी गरेका छन् । धेरैले सामाजिक सञ्जाल मार्फत नयाँ शक्तिले समृद्धीका नारा दिएर देशमा जातिय दंगा भड्काउने काममा लागेको गुनासो गरेका छन् ।

जातिय राज्यको पक्षमा उभिएको नयाँ शक्तिलाई कार्यकर्ताले नै राज्यको आवश्यक्ता विपरित काम गरेको भन्दै विरोध सामाजीक सञ्जाल मार्फत विरोध गरेका छन् । प्रदेश ४ लाई तमुवान–मगरात नाम राख्न माग गर्दै आएको नयाँ शक्तिलाई कार्यकर्ताले जातिय राज्यका लागि पार्टी स्थापना नभएको भन्दै सच्चिएर ब्यवहार देखाउन आग्रह गरेका छन् ।

साविक प्रदेश ४ लाई प्रदेशसभाको ९७ प्रतिशत सांसदले गण्डकी नामाकरण गर्न समर्थन जनाएपछि प्रदेशसभाबाट निर्णय भैसकेको छ । तर नयाँ शक्तिले भने उत्पिडित पक्षको आवाज संसदले बोल्न नसकेको र जातिय पहिचान नाम राख्नुपर्ने अडान लिएको छ । नयाँ शक्तिले सदनबाटै असार २२ (प्रदेश नामाकरण गरिएको दिन) लाई कालो दिनको रुपमा घोषणा गरेको छ ।

पोखराका जातिय संघ संस्थाले गरेको प्रदेश बन्दमा पनि नयाँ शक्तिले साथ र ऐक्यवद्धता जनाएको छ ।

कमेन्टहरु
Loading...