राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाद्वारा प्रधानमन्त्री पदबाट राजीनामा

काठमाडौं,  ३ फागुन / नेपाली काङ्ग्रेसका सभापती शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट​ राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर बिहीबार​ ​देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् ।यसअघि देउवाले प्रधानमन्त्री कार्यालयबाटै राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनाको घोषणा गरेका थिए । सभापती देउवाले सम्बोधनका क्रममा तीन चरणका निर्वाचन सफलता पूर्वक सम्पन्न गराएर राष्ट्रलाई संक्रमणकालबाट मुक्त गराउनुलाई आफ्नो मुख्य सफलता भएको बताए ।

उनले निर्वाचन गराउनकै लागि आफू प्रधानमन्त्री बनेको भन्दै यसलाई ठूलो उपलब्धीका रुपमा आफूले लिएको बताए । उनले आफ्नो कार्यकालमा गरेका अन्य कामको फेहरिस्त समेत प्रस्तुत गरेका थिए ।देउवाले आफ्नो कार्यकालमा वैदेशिक लगानी भित्र्याउन महत्वपूर्ण भूमिका आफूले निर्वाह गरेको बताए । उनले मुलुकको संक्रमणकाल समाप्त भएसँगै मुलुक अब आर्थिक विकासको मार्गमा प्रवेश गरेको भन्दै नेपालमा लगानी गर्न लगानीकर्ताहरु उत्सुक भएको बताए ।

उनले आफ्नो कार्यकालमा परराष्ट्र नीतिलाई पनि सन्तुलित बनाएको दाबी गरे।देउवाले आफू सरकारको नेतृत्वमा नरहे पनि नेपाली जनताको सुख दुःखमा साथै रहने प्रतिबद्धता पनि व्यक्त गरे ।देउवा गत जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।तेस्रो चरणको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी लिएर चौथो पटक प्रधानमन्त्री बनेका देउवाले आफ्नो दायित्व पूरा गरेर बाहिरिएका हुन् ।

कमेन्टहरु
Loading...