राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं,  १३ पुस / निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई बिहिबार​​ आह्वान गरेको छ ।प्रमुख निर्वाचन आयुक्त डा. आयोधी प्रसाद यादवको अध्यक्षतामा आज​ बसेको बैठकले सो निर्णय गरेको आयोगका प्रवक्ता दिनेश कुमार घिमिरेले जानकारी दिए ।

नेपालको संविधानको धारा २ सय​ ६९ बमोजिम आयोगमा दर्ता रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २ सय​ ७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनु पर्ने हुन्छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन गरी संघीय संसदको निर्माण गर्ने क्रममा छिट्टै हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ताका लागि आह्वान गरेको हो ।

कमेन्टहरु
Loading...