CAN

पर्यटनलाई केन्द्रमा राखी पश्चिमाञ्चलको समग्र विकासमा काँग्रेसका सभासद्हरू जुट्दै

58

(सूर्यचन्द्र बस्नेत)/काठमाडौँ, ४ माघ । बुद्धको जन्मस्थल लुम्बिनी, प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ र दुई सय दस किलोमिटर लामो विश्वप्रसिद्ध पदयात्रा मार्ग अन्नपूर्ण क्षेत्र । पश्चिमाञ्चल क्षेत्रको पर्यटकीय आकर्षणका यी प्रमुख आधार हुन् । त्यहीमाथि माछापुच्छ«े, अन्नपूर्ण र धौलागिरिजस्ता हिमखृङ्खलाले घेरिएको तथा ताल र रमणीय उपत्यकाले सुसज्जित राजधानीपछिको प्रमुख पर्यटकीय नगरी पोखरा । 

पश्चिमाञ्चल क्षेत्रमै पर्ने आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घा, कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चले, वेदब्यासको जन्मभूमि दमौलीसहित त्रिवेणी, देवघाट, रिडीजस्ता धार्मिक तथा गोर्खा, पाल्पालगायतका ऐतिहासिक स्थलहरूले यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको आधारका रूपमा उभ्याएको छ ।

हिमालपारिको जिल्ला मनाङ र मुस्ताङले जो कोहीलाई भ्रमणका लागि लोभ्याउँछ । हिमाली पहाडी डाँडाकाँडासहितका प्राकृतिक मनोरम दृश्य, गुरुङ, मगर, नेवारलगायतका विविध जातजातिको भाषा, संस्कृति र जीवनशैलीले यो क्षेत्रको पर्यटकीय महत्वलाई दर्शाएको छ । बन्दीपुर, घलेगाउँ, सिरुबारी र भुजुङजस्ता ग्रामीण पर्यटनका आकर्षण पनि यही छन् ।

पश्चिमाञ्चल विकास क्षेत्रमा रहेका यी र यस्तै प्रशस्त पर्यटकीय क्षेत्रलाई केन्द्रमा राखी त्यहाँको समग्र विकास गर्ने गरी गुरुयोजना बनाएर अघि बढ्ने ’boutमा उक्त क्षेत्रबाट चुनिएर आएका सभासद्हरूले चासो देखाएका छन् । नेपाली काँग्रेस पार्टीका तर्फबाट चुनिएका सभासद्हरूले राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी पर्यटनलाई केन्द्रमा राखेर त्यस क्षेत्रको समग्र विकास गर्न नीति निर्माण तहबाटै पहल गरी गुरुयोजना बनाएर अघि बढ्ने तत्परता देखाएका छन् । सो छलफलमा पर्यटन व्यवसायी र पर्यटनविद्को पनि सहभागिता थियो ।

कार्यक्रममा काँग्रेसका उपसभापतिसमेत रहनुभएका सभासद् रामचन्द्र पौडेलले राजनीतिक प्रतिबद्धता ठूलो कुरा भएकाले जनताबाट चुनिएर आएका प्रतिनिधिले राज्यशक्ति प्रयोग गरी पर्यटनको विकास गर्न सङ्गठित रूपमा दबाब दिनुपर्ने बताउनुभयो ।

“सात किमि सडक बन्दा खण्डहर बनेको बन्दीपुर पर्यटनको केन्द्र बन्यो, त्यसैले सांस्कृतिक, प्राकृतिक, साहित्यिक र सांस्कृतिकरूपमै पर्यटनको प्रचूर सम्भावना रहेको सो क्षेत्रमा पर्यटनलाई केन्द्रमा राखी समग्र विकासको गुरुयोजना बनाएर अघि बढ्नुपर्छ,” उपसभापति पौडेलले भन्नुभयो ।

सभासद्हरू रोमी गौचन थकाली, रामचन्द्र पोखरेल र जीवन परियारले यस क्षेत्रका नाम चलेका पर्यटकीय गन्तव्यका सेरोफेरोमा अन्य पर्यटकीय गन्तव्यको विस्तार गरी पर्यटनको लाभ ग्रामीण जनताले लिन सक्ने ढङ्गले काम गर्नुपर्ने धारणा राख्नुभयो । सन् २०१२ मा नेपालमा आठ लाख तीन हजार पर्यटक आएको थियो जुन अघिल्लो वर्षको तुलनामा आठ प्रतिशत बढी हो । नेपाल पर्यटन बोर्डका निर्देशक काशीराम भण्डारीले पर्यटकको बसाइँ अवधि १२ दिन र करिब पाँच लाख जनाले रोजगारी पाएको बताउँदै पर्यटकले गर्ने खर्च ३५६ मिलियन डलर रहेको जानकारी दिनुभयो ।

“लुम्बिनी, पोखरा, अन्नपूर्णजस्ता देशकै प्रमुख पर्यटकीय क्षेत्र यहाँ पर्छन्, नेपाल आउनेमध्ये ६० प्रतिशत विदेशी पर्यटक मनाङ मुस्ताङको अन्नपूर्ण पदयात्रामा जान्छन्, त्यसैले यहाँ पर्यटन विकासको प्रचूर सम्भावना छ,” निर्देशक भण्डारी थप्नुहुन्छ ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्षसमेत रहनुभएका पर्यटन व्यबसायी सुन्दरकुमार श्रेष्ठ विश्वमै प्रसिद्ध पर्यटकीय नगरी पोखरालाई केन्द्र बनाएर लुम्बिनी, चितवन, पाल्पा, मनाङ मुस्ताङका नजिक र ’roundका क्षेत्रमा पनि पूर्वाधारसहित पर्यटकीय गन्तव्य विस्तार गर्नुपर्ने बताउनुहुन्छ ।

“पर्यटनका लागि पूर्वाधार विकास हुनुपर्छ, पर्यटकीय सम्भावना त नेपालमा प्रशस्त छ,” श्रेष्ठ थप्नुहुन्छ । पर्यटन व्यबसायी कर्ण शाक्य पनि भगवान्ले समृद्ध प्रकृति, संस्कृति र स्रोत साधन दिएको तर परिचालन गर्न नसक्दा लाभ लिन नसकिएको बताउनुहुन्छ । “परिवर्तनशील र क्रियाशील पर्यटनको माध्यमबाट समग्र क्षेत्रको विकास गर्न सकिन्छ, कृषि र पर्या पर्यटनमा जोड दिनुपर्छ, प्राकृतिक स्रोत साधन छ भनेर गौरवमात्र गर्ने होइन राजनीतिक इच्छाशक्तिले वातावरण बनाएर यो क्षेत्रमा लगानी बढाउनुपर्छ,” व्यवसायी शाक्य थप्नुहुन्छ ।

सो छलफलमा सभासद् एवम् पर्यटनविद्ले निरन्तर छलफलबाट गुरुयोजना र उपयुक्त संयन्त्र निर्माण गरी प्रभावकारी कार्यक्रमहरू तर्जुमासँग कार्यान्वयनमा लानुपर्नेमा जोड दिए । विगतमा भएका पर्यटनसम्बन्धी कार्यक्रमको समीक्षा गरी भावी कार्ययोजना बनाउनुपर्ने उनीहरूको सुझाव थियो । सभासद् भरत शाहले लुम्बिनीको गुरुयोजनाअनुरूप ३०÷४० प्रतिशत पनि काम हुन नसकेको भन्दै लुम्बिनीसहितको बुद्धसँग सम्बन्धित क्षेत्रको विकासका लागि थप काम हुनुपर्ने बताउनुभयो ।

सभासद्हरू प्रकाश पौडेल र अर्जुनप्रसाद जोशीले घान्द्रुक, मुस्ताङलगायतका क्षेत्रमा जाने पर्यटकलाई बाग्लुङ र पर्वतका पर्यटकीय क्षेत्रतर्फ पनि आकर्षित गरेर भइरहेको भन्दा पनि नयाँ क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै कमला पन्त, शंकर भण्डारी, ध्रुव वाग्ले र यज्ञबहादुर थापाले जिल्लागत रूपमा भएका पर्यटनसम्बन्धी कार्ययोजनालाई एकीकृत ढङ्गले अघि बढाउने कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो ।

सो छलफलमा सभासद्हरू गोपालमान श्रेष्ठ, दिलबहादुर घर्ती, बालकृष्ण खाँड, कमल पङ्गेनी, झुलबहादुर आले, धनराज गुरुङ शारदा पौडेल, वृन्दा रानामगर, हरिप्रसाद नेपाल, चन्द्रबहादुर कुँवर, डा. कृष्णबहादुर छन्त्याल, रत्ना शेरचन, हरिबहादुर खड्का, ज्ञानकुमारी छन्त्याल, मानबहादुर विश्वकर्मा, विक्रम खनाल, चीनकाजी श्रेष्ठसहित काँग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्याय, व्यवसायी रामकुमार कोनेलगायतको सहभागिता थियो । रासस