सरकार विरुद्ध काँग्रेसको पोखरामा विरोध प्रदर्शन

पोखरा, १५ साउन /नेपाली काँग्रेस कास्कीले आज देशैभर जस्तै पोखरामा पनि सरकार विरुद्ध प्रदर्शन गरेको छ । सरकारले जथाभावी कर बढाएको अधिनायकवादी बाटोमा हिँडेको आरोप लगाउदै काँग्रेसले घोषणा गरेको राष्ट्रव्यापी आन्दोलनका क्रममा पोखरामा पनि प्रदर्शन गरेको हो ।

काँग्रेस कास्कीको आयोजनामा भएको प्रदर्शनमा पोखराको पृथ्वीचोकदेखि चिप्लेढुङ्गासम्म विरोध ¥याली र कोण सभा गरेका थिए । सो अवसरमा काँग्रेस कार्यकर्ताले बढ्दो महँगी फिर्ता हुनुपर्ने, कर बढाउन नपाउने लगायत नारा लगाएका थिए ।

कोणसभामा बोल्दै काँग्रेस केन्द्रिय सदस्य जीवन परियारले सरकार सर्वसत्ताबादतिर गएको भन्दै आफुहरु सडकमा आउनुपरेको बताए । सो अवसरमा पुर्वमन्त्री यज्ञबहादुर थापा, सांसद सुर्यबहादुर केसी, गण्डकी प्रदेशका सांसद विन्दु थापा, काग्रेस नेतृ कोपिला रानाभाट, लगायतले सम्बोधन गरेका थिए ।

कमेन्टहरु
Loading...