काँग्रेसको विकल्पमा कुनैपनि राजनीतिक शक्ति हुन नसक्ने पूर्व मन्त्रि गौचन

पोखरा, १६ साउन /नेपाली काँग्रेसका नेता एवं पूर्व बाणिज्य मन्त्रि रोमी गौचन थकालीले काँग्रेसले बाहेक अन्य पार्टीले मुस्ताङ्गको विकास गर्न नसक्ने बताएका छन । मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकाका ५० भन्दा बढि युवाहरु नेपाली काँग्रेसमा प्रवेश समारोहमा नेता गौचनले सो कुरा बताएका हुन ।

कार्यक्रमा विभिन्न पार्टीमा आवद्ध रहेका युवाहरुले काँग्रेसको विकल्पमा कुनैपनि राजनीतिक शक्ति हुन नसक्ने ठहर गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको बताएका छन् । कार्यक्रमा पुर्व मन्त्री समेत रहेका काग्रेस नेता गौचनले नव प्रवेशि युवाहरुलाई नेपाली काँग्रेसको सदस्यता प्रदान गरे ।सो अवसरमा नेता गौचनले काग्रेसमा जुझारु युवाहरुको आवश्यकता रहेको बताए ।

सो अवसरमा नेता गौचनले युवाहरुको पार्टी प्रवेशले नेपाली काँग्रेस मुस्ताङ्ग थप बलियो मजबुत भएको बताए । उनले नव प्रवेशि युवाहरुलाई मुस्ताङ्गको विकासको जिम्मा युवाको हातमा छ ।भन्दै अव मुस्ताङ्ग दुर्गम र हिमाली मात्रै होइन समृद्ध मुस्ताङ्ग बनाउनुपर्नेमा जोड दिए ।

उनले भने— भारत र चीनको चासोको रुपमा रहेको मुस्ताङ्गको विकासमा नेपाल सरकारको लगानीमा सडक निर्माणले गती लीएको छ । उनले मुस्ताङ्ग जिल्लामा मात्र यस आर्थिक बर्षमा ७ अर्ब भन्दा बढिको बजेट सडकमा मात्र विनियोजन भई काम समेत शुरु भएको बताए ।

कमेन्टहरु
Loading...