नेपाली काँग्रेस पोखरा १६ मा घरदैलो अभियान सुरु, बाटुलेचौरमा आमसभाको तयारी

पोखरा २१, वैशाख/नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा १६ ले बिहीबारदेखि घरदैलो अयिभान सञ्चालन गरेको छ । अर्मलास्थित ¥यालेपात्लेमा एक सभा गरी घरदैलो अभियान सुरु गरिएको नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समिति पोले १६ ले जानकारी दिएको छ । घरदैलो अभियानलाई तीव्र रुपमा सञ्चालन गर्न पार्टीका विभिन्न भ्रातृसंगठन, बुद्धिजीवी तथा पेशाकर्मीहरुलाई समेत परिचालन गरिएको छ ।

त्यस्तै शुक्रबार बिहान नेपाली काँग्रेसले बाटुलेचौर मैदानमा विशाल आमा सभाको समेत तयारी गरेको छ । काँग्रेसका तर्फबाट महानगरपालिकाको प्रमुख र उपप्रमुखका उमेद्वारको उपस्थिति समेत रहने चुनाव प्रचारप्रसार समितिले जानकारी दिएको छ ।
काँग्रेसको घरदैलो अभियानलाई सम्बोधन गर्दै वडाध्यक्षका प्रत्यासी पद्मसिं गुरुङले स्थानीय तहमा नेपाली काँग्रेसको नेतृत्वलाई स्थापित गराउन मतदातासँग आग्रह गरे । उनले पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १६ लाई नमूना वडाका रुपमा समृद्ध बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘वडामा रहेका प्राकृतिक साधन र स्रोतको अधिकतम उपयोग गरी पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने छौ,’ उनले भने ।
वडा सदस्यका प्रत्यासी क्या. सोमबहादुर गुरुङले पोले १६ का ग्रामीण भेगलाई सुविधान सम्पन्न बनाउने दावी गरे । त्यस्तै काँग्रेसका अर्का प्रत्यासी पुष्पराज तिमिल्सिनी, महिला सदस्य मञ्जुश्री थापा बस्नेत र दलित महिला सदस्यका प्रत्यासी ओममाया नेपाली लगायतले काँग्रेसको जीत सुनिश्चित भएको दावी  गरे ।

नेपाली काँग्रेस चुनावप्रसार समिति पोले १६ का संयोजक गोविन्दबहादुर थापाको सभापतित्वमा भएको सभामा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङ, नेपाली काँग्रेसका पोले १६ समवन्य समितिका सहसंयोजक दिननाथ आचार्य, क्षेत्रीय सदस्य श्रीकृष्ण आचार्य, अर्मत शर्मा लगायतले नेपाली काँग्रेसको पक्षमा जनलहर बढ्को भन्दै स्थानीय तहमा काँग्रेसका प्रत्यासीहरु विजय हुने दावी गरे ।

कमेन्टहरु
Loading...