पार्टी नेतृत्वकै कारण स्थानीय तहमा पार्टीले हार बेहोनु परेकोः नेता सिंह

पोखरा, ३१ असार/नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी नेतृत्वकै कार स्थानीय तहमा पाटीले धेरै ठाउँमा पराजय बोहोर्नु परेको बताएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता रामहरि जोशीको निधनमा कास्की कांग्रेसद्धारा पोखरामा आयोजित शोक सभामा नेता सिंहले स्थानीय तहको निर्वाचनमा सोचे जस्तो परिणाम नआएपनि प्रदेश तथा केन्द्रीय तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा स्थापित गर्न नेतृत्व तह लाग्नु पर्ने बताए ।

उनले अब एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सवै एकढिक्का भएर पार्टीलाई अगाडि वढाउन आग्रह गरे । नेता सिंहले नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएको र कांग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन र संस्थागत विकास गर्न पार्टीको कांधमा गहन जिम्मेवारी थपिएको बताए ।

नेता सिंहले व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनहरुमा सवै राजनैतिक दलहरु एक भएभैm आर्थिक समृद्धि र विकासका लागि पनि सवै राजनैतिक दलहरुको एकता अपरिहार्य भएको बताए ।

उनले कांग्रेसका नेता स्व ।राम हरि जोशीले देखाएको बाटो अवलम्वन गरे मात्रै उनीप्रति सच्चा श्रद्धान्जली गरेको ठहर्ने हुने बताए । यस अघि कास्कीका पार्टी सभापति कृष्ण के ।सीले स्व । रामहरि जोशीको योगदान माथि प्रकाश पारेका थिए ।

कमेन्टहरु
Loading...