सरकारद्वारा संवैधानिक निकायमाथि आक्रमण सह–महामन्त्री डा. महत

पोखरा, २६ जेठ /नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले सरकारले संबैधानिक निकायलाई कमजोर बनाएर अधिनायकवाद तर्फ अगाडि बढ्न खोजेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा. महतले दुई तिहाईको बलमा अधिनायकवाद तर्फ सरकार उन्मुख भएको बताए ।

उनले वर्तमान सरकार अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संथालाई नियन्त्रणमा लिएर अधिनायकवाद र संस्थागत भ्रष्टाचारमा जुटेको आरोप लगाए । उनले भने–अरबौ रुपैयाँ भ्रष्टाचार भएका मुद्दाहरु बाहिर आउँदा समेत अख्तियार लगायतका संस्था मौन बस्छन् यो केको संकेत हो भनी प्रति प्रश्न गरे ।

पूर्वमन्त्री समेत रहेका महतले भ्रष्टचारी पार्टी कै सभापति भएपनि छाडेन नहुने बताए । उनले भने, भ्रष्टाचारमा सरकार आफै सम्लग्न छ, उसले छानविन समिति वनाउने त कुरै भएन,भ्रष्टाचार गर्ने मन्त्री र नेताको समेत बचाउ गर्छ, तर भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पनि मौन बस्नु विडम्वना हो ।

सह–महामन्त्री महतले प्रधानमन्त्री ओलीले कुरा गर्ने काम नगर्ने प्रवृत्ति देखिएको बताउदै उनले भने ,आम जनताले वर्तमान सरकारबाट समृद्धिको आशा गर्नु ठुलो भुल हुनेछ। सरकारबाट जनताले जुन आशा गरेका थिए त्यो आशा र अपेक्षा पुरा हुन् नसक्ने दावी गरे ।

नेता महतले अहिले कै अवस्थामा दुई अंकको आर्थिक वृद्धि हुन नसक्ने बताए । उनले भने,देशमा असुरक्षा, मजदुर आन्दोलन, लगानी मैत्री वातावरण नहुनुको साथै नेताको व्यक्तिगत सेवा सर्त पुरा गर्नु पर्ने भएकाले विदेशी लगानीको त कुरै छाडौ स्वदेशी लगानी कर्ता समेत लगानी गर्न अघि नसरेको बताए ।

उनले पार्टीको आन्तरिक निर्वाचन समय आएपछि हुने भन्दै अहिले नै निर्वाचनका लागि ढोल पिट्ने बेला नभएको बताए । उनले पार्टीलाई बलियो बनाउन जागरण अभियानले ठुलो भुमिका खेलेको बताए ।

काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले काँग्रेसलाई बलियो वनाउन अव काँग्रेसका हरेक कार्यकर्ता व्यत्तिःवादी प्रवृति छाडेर काँग्रेसको सिद्धान्त अनुसार अगाडि वढ्न जरुरी छ । व्यत्तिवादी चरित्रले काँग्रेस कमजोर र निर्वाचनमा पराजय भोग्नु परेको भनाई भट्टराईको थियो । कार्यक्रम प्रेस युनियन कास्कीका सचिव प्रदिप पौडेल सञ्चालन गरेको थिए ।

कमेन्टहरु
Loading...