कांग्रेस क्षेत्र नं ४ मा क्षेत्रीय प्रचार प्रसार समिति गठन

असोज २० गते /नेपाली कांग्रेस कास्की क्षेत्र नं ४ ले संविधानसभा निर्वाचन २०७० को प्रचारप्रसार अभियानलाई तीव्रता दिएको छ । क्षेत्र नं ४ कास्कीले प्रचारप्रसारका लागि क्षेत्रीय सभापति आईवहादुर गुरुङ्गको संयोजकत्वमा आईतवार मात्रै क्षेत्रीय प्रचारप्रसार समिति गठन गरेको छ । नेपाली कांग्रेसलाई निर्वाचनमा अत्यधिक वहुमतले विजयी गराउन हेम्जा पार्टी कार्यालयमा क्षेत्रीय सभापति आईवहादुर गुरुङ्गको सभापतित्वमा वसेको वैठकले ५ हजार ५ सय ५५ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको हो । नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा र क्षेत्र नं ४ का प्रत्यासी उम्मेदवार यूवा नेता महादेव गुरुङ्गको उपस्थितीमा विभिन्न उपसमिति पनि गठन गरिएको छ । 

नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिको वैठकले क्षेत्रीय कार्यसमितिका सवै पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाअधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, ईकाई समितिका पदाधिकारी तथा सदस्य, क्षेत्रका सवै क्रियाशिल सदस्यहरु, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल आदीवासी जनजाती संघ, नेपाल महिला संघ, नेपाल दलित संघ, किसान संघ, टे«ड यूनियन, शिक्षक संघ, भूपू सैनिक संघ तथा अन्य भातृ संस्थाका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, उद्योगी, व्यापारी, कानुन व्यवसायी, प्राध्यापक, चिकित्सक, ईन्जिनियर तथा कांग्रेसका शुभेच्छुकहरु रहेको मुल प्रचारप्रसार समिति गठन गरेको प्रचारप्रसार सचिव खिमलाल वाँस्तोलाले जानकारी दिनुभयो ।

यसैगरी, वैठकले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । उपसमिति अन्तरगत कोषाध्यक्ष जीवनाथ पौडेलको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन गरिएको छ । आर्थिक समितिका सदस्यहरुमा हरिप्रसाद लामीछाने, खुसीमान गुरुङ्ग, देवेन्द्रकुमार शेरचन र डिल्लीराम भट्टराईलाई चयन गरिएको छ ।

यसैगरी खेमराज पौडेलको संयोजकत्वमा सल्लाहकार समिति, रामचन्द्र त्रिपाठीको संयोजकत्वमा अनुगमन समिति, डा.यमनाथ तिमिल्सिनाको संयोजकत्वमा पेशागत वुद्धिजिवि परिचालन समिति, रामप्रसाद अधिकारीको संयोजकत्वमा कार्यालय व्यवस्थापन समिति, देवेन्द्रकुमार शेरचनको संयोजकत्वमा यातायात व्यवस्थापन समिति, भेषराज पराजुलीको संयोजकत्वमा किसान परिचालन समिति, वेदहरी तिमिल्सिनाको संयोजकत्वमा मत सर्वेक्षण समिति, राधा अधिकारीको संयोजकत्वमा महिला परिचालन समिति, उदय नेपालीको संयोजकत्वमा दलित परिचालन समिति, आसवहादुर गुरुङ्गको संयोजकत्वमा साँस्कृतिक समिति गठन गरिएको छ । अन्य उपसमितिहरुको गठन आवश्यकता अनुसार कार्यसम्पादन समितिले गर्ने क्षेत्रीय सचिव खिमलाल वाँस्तोलाले जानकारी दिनुभयो । नेपाली कांग्रेस क्षेत्र नं को प्रचार भेला सोमवार कास्कीको सल्यान गाँउ विकास समितिमा हुने पनि नेपाली कांग्रेस क्षेत्र नं ४ ले जनाएको छ ।

कमेन्टहरु
Loading...