पोखराका कास्कीको चुनावी ¥याली, देउवा देखी कार्यकता सम्म

पोखरा, ६ मंसिर/ नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले नेपाली कांग्रेस कमजोर हुँदा सबै क्षेत्र कमजोर भएको टिप्पणी गरेका छन् ।

नेपाल तरुण दल कास्की–२ ले आयोजना गरेको चुनावीसभामा नेता खाणले उपनिर्वाचनमा काग्रेसले जितेर कांग्रेसले सन्देश दिन चाहेको बताए । कम्युनिष्ट सरकारले संविधान र कानुन मिचेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे ।

अर्का केन्द्रीय सदस्य गगन कुमार थापाले खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गरे । राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवार भन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेको भन्दै उनले यी सबै चिज उम्मेदवार पौडेलमा पाउन सकिने बताए ।

यो निर्वाचन अंक गणितको हिसावले केही नहुने भन्दै नेता थापाले निर्वाचनले दिने सन्देश महत्वपूर्ण भएको बताए । तरुणदलको सभामा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, पूर्वसांसद रामहरि खतिवडा, तरुण दलका कोषाध्यक्ष द्विान गुरुङ, पूर्व अध्इक्ष उदय समशेर राणा, महिला नेतृ सीता गुरुङ, उम्मेदवार खेमराज पौडेल लगायतले बोलेका थिए ।

पोखराका कास्कीको चुनावी ¥याली, देउवा देखी कार्यकता सम्म
पोखराका कास्कीको चुनावी ¥याली, देउवा देखी कार्यकता सम्म

नेपाली काग्रेस कास्कीले शुक्रबार नेपालीका काग्रेसका नेता शेरबहादुर देउवा सहितको टोली चुनावी प्रचार ¥याली निकालीएको छ । पार्टी कार्यालय चिप्लेढुङगाबाट शुरु भएको ¥याली पोखरा बजार परिक्रमा गरी पृथ्वीचोकमा पुगेर समापन भएको थियो ।

¥याली वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. सशांक कोइराला र पूर्णबहादुर खड्का रामशरण महत लगाएका नेताको सहभागी भएका थिए ।
¥यालीमा कार्यकता हरुको उल्लेख्य उपस्थीती रहेको थियो ।

कास्की २ बाट नेपाली काग्रेसले खेमराज पौडेललाई उमेदवार बनाएको छ । कांग्रेसले उपनिर्वाचनलाई निकै महत्व दिएर केन्द्रिय नेताहरु पोखरामै रहेका छन् ।

कमेन्टहरु
Loading...