काङ्ग्रेस पोखरा नगर समितिलाई पूर्णता

पोखरा, २८ चैत/ नेपाली काङ्ग्रेस पोखरा उपमहानगरपालिका समितिलाई पुर्णता दिइएको छ। आइतबार बसेको बैठकले रिक्त पदमा मनोनयन गरी समितिलाई पूर्णता दिएको हो।

समितिको सचिवमा रामजीप्रसाद कोइराला र सहसचिवमा इन्दिरा थापालाई मनोनयन गरिएको छ। त्यस्तै सदस्यमा रविन गुरुङ, केशब बराल, रामप्रसाद श्रेष्ठ, सोमबहादुर गुरुङ, देवी थापा, रत्नश्री वि.कलाई मनोनयन गरिएको सचिव सरोजनारायण बरालले जानकारी दिए।

यसअघिको बैठकले रिक्त उपसभापतिमा सुरेन्द्र विजुक्छेलाई मनोनयन गरिसकेको छ। बैठक नेपाली काङ्ग्रेस पोखरा उपमहानगरपालिका समितिका सभापति बजिरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

कमेन्टहरु
Loading...