सरकार मनपरीतन्त्रले चल्योः महत

पोखरा, २५ जेठ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार मनपरीतन्त्रले चलेको आरोप लागएका छन् ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणको समापन कार्यक्रम नेपाली काँग्रेस कास्कीले आयोजना गरेको ¥याली तथा सभामा बोल्दै सवैठाउँमा पार्टीकरण गरी सरकार मनपरी तन्त्रले चलेको बताए ।

‘सरकारमा रहेका मन्त्री तथा नेताहरुले नै भष्ट्राचार गर्दै जान्छन् तर सरकार नै उनीहरुको प्रतिरक्षामा उत्रिन्छ’,सहमहामन्त्री महतले भने,‘ यस्तो सरकारसँग जनताले के आश गर्ने ?’

वर्तमान सरकार संस्थागत भष्ट्राचारको वाटो आगालेको बताउँदै उनले यो सरकारले लाखमा होइन अरवमा भष्ट्राचार गरेको आरोप लगाए । ‘सरकार आफै भष्ट्राचार गर्छ अनि आफै छानविन गर्दछ’ उनले भन,‘जो भष्ट्राचारी हो उसैले छानविन गर्ने गरेकै कारण भष्ट्राचार मौलाउँदै गएको छ ।’

निर्वाचन अघि काँग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार आयो भने रुन पाइदैन हास्न पाइदैन भन्दा सवैले खिस्सी गरेको उल्लेख गर्दै उनले अहिले पार्टी सभापतिले बोलेको व्यवहारमै लागू भएको उल्लेख गरे । उनले वर्तमान सरकारले प्रेसमाथी आक्रमण गरी अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको आरोप लगाए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कास्की प्रतिनिधि अर्जुनप्रसाद जोशीले जागरण अभियानले नयाँ सन्देश दिएको बताए । ‘अभियानमा केन्द्र तात्न ढिला ग¥यो तर गाउँ पहिलेनै जागिसेकेको रहेछ’, उनले भने,‘ वर्तमान सरकारको वितृष्णाले गाउँ गाउँका जनताले काँग्रेस खोजेर वसेका रहेछन् अहिलेको जागरण अभियानले त्यो भान दिलायो ।’

अभियान शुरुवात भएको बताउँदै केन्द्रीय सदस्य जोशीले अभियानले जनतासँगको सम्वन्ध सुदृढिकरण गर्न मद्दत मिलेको उल्लेख गरे । उनले गाँउ गाउँमा जनताले काँग्रेस खोजेको बताउँदै अभियानलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

पूर्व सांसाद कृष्ण कुमारी परियारले वर्तमान सरकार भष्ट्राचारमा डुवेको बताउँदै यसको भण्डाफोर काँग्रेसले गर्नुपर्ने बताईन् । पोखराको पृथ्वीचोकबाट शुरु भएको ¥याली नयाँबजार, महेन्द्रपुल हुदै चिप्लेढु·ा विपी चोकमा पुगेर सभामा परिण भएको थियो । वैशाख २५ गते बाट शुरु भएको पहिलो चरणको अभियान देशका ७७ वटै जिल्लामा एक महिना चलेको थियो ।

शनिबार देशभरनै विविध कार्यक्रमको आयोजना गरेर प्रथम चरणको जागरण अभियान कार्यक्रम समापन गरिएको छ । ¥यालीमा पार्टीका सवै इकाईहरु, अभियानमा खटिएका प्रतिनिधि, भातृ संस्था तथा शुभेच्छुक संस्था क्षेत्रीय प्रतिनिधि र क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुदिपमोहन भट्टराईले गरेका थिए ।

कमेन्टहरु
Loading...