कास्कीका तीनै क्षेत्रमा काँग्रेसको प्रशिक्षण

पोखरा, २० चैत /नेपाली काँग्रेस कास्कीले बुधबार कास्कीका तीन वटै क्षेत्रमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।

कास्की काँग्रेसले क्षेत्रीय समितिहरु मार्फत एकै दिन एउटै समयमा प्रशिक्षण संचालन गरेको हो । कास्कीका तीन वटै क्षेत्रमा गरी करिब एक हजार जनालाई प्रशिक्षण छ ।

साधारण तथा क्रियाशील सदस्यता वितरण, विकास निर्माणको अवस्था मूल्यांकन, पछिल्लो राजनैतिक अवस्था, पार्टीको भुमिका लगायतका विषयमा प्रशिक्षण दिइएको कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए ।

कास्की क्षेत्र नं १ मा काँग्रेस नेता देवराज चालिसे, क्षेत्र नं २ मा धनराज आचार्य र क्षेत्र नं ३ मा जीवन परियारले प्रशिक्षण दिएका थिए ।

छुट्टाछुट्टै कार्यक्रममा बोल्दै नेताहरुले पार्टीलाई शशक्त ढंगबाट अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।

क्षेत्रीय सभापति बृजमान गुरुङको अध्यक्षतामा क्षेत्र नं १ मा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्की सचिव सुदीपमोहन भट्टराई, क्षेत्रीय उपसभापति शरदराज सुवेदी, सचिव प्रेमकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

उता क्षेत्र नं २ का सभापति माधव बास्तोला ‘मधु’ को अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य सरिता प्रसाई, कास्की काँग्रेसका सभपति कृष्ण केसी, सांसद बृन्दादेवी राना, नेपाली काँग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, पोखरा – ७ का इकाई सभापति नवीन बराल, क्षेत्रीय सभापति विजयराज आचार्य र सचिव दिपेन्द्र मर्सानीले बोलेका थिए ।

त्यस्तै क्षेत्र नं ३ मा क्षेत्रीय सभापति पोषनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका उपसभापति आईबहादुर गुरुङ, क्षेत्रीय उपसभापति कमलबहादुर गुरुङ र सचिव खिमलाल बास्तोलाले बोलेका थिए ।

कमेन्टहरु
Loading...