कास्की काङ्ग्रेस सभापति विदेश भ्रमणमा

पोखरा, ३० असार। नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण के.सी विहीबारदेखि विदेश भ्रमणमा गएका छन्। नेपाली काङ्ग्रेस नेपाल – मकाउ – चीन – हङकङ सम्पर्क समितिको निम्तोमा उनी विदेश भ्रमण गएका हुन्।

१२ दिने भ्रमणका क्रममा नेपाली काङग्रेसले मकाउ, चीन र हङकङमा आयोजना गर्ने बेग्लाबेग्लै कार्यक्रममा उनी सहभागि हुने कास्की काङ्ग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए।

केन्द्रीय सदस्यहरु धनराज गुरुङ, विश्वप्रकाश शर्मा, सिता गुरुङ, सांसद राजु थापाको भ्रमण टोलीमा कास्की सभापति के.सी सहभागि छन्।

भ्रमण अवधी भरका लागि उनले कास्की काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेबारी उपसभापति हरि आचार्यलाई दिएका छन्।

कमेन्टहरु
Loading...