कास्की काँग्रेसद्वारा जनजागरण अभियानको कार्यक्रम तय

पोखरा, २९ बैशाख / नेपाली काँगेस कास्कीले राष्ट्रिय जनजागरण अभियानलाई तिव्र पार्ने भएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि अर्जुन जोशीको उपस्थितिमा आइतबार बसेको कास्की काँग्रेसको बैठकले त्यस्तो निर्णय गर्दै प्रथम चरणको कार्यक्रम पनि तय गरेको छ ।

बैठकले कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा जनजागरण अभियान अन्तर्गत पहिलो चरणमा कार्यकर्ता भेला र अभिमुखिकरण कार्यक्रम तय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

कास्की क्षेत्र नम्बर १ मा जेठ १ गते , क्षेत्र नं २ मा २ गते र क्षेत्र नं ३ मा ३ गते कार्यकर्ता भेला र अभिमुखिकरण कार्यक्रम तय गरिएको छ ।

बैठकले जनजागरण अभियानका कार्यक्रम संचालन गर्दा जिल्ला र क्षेत्रसँग समन्वय गरेर मात्र तय गर्न निर्देशन दिएको छ ।

कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराईले विज्ञप्ति प्रकाशित गरी जनजागरण अभियानका कार्यक्रममा महासमिति, महाधिवेशन, क्षेत्रीय र इकाई कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्था, निर्वाचनमा काँग्रेसतर्फमा उम्मेद्वार र विजयीलाई अनिवार्य रुपमा सहभागि हुन आग्रह गरेका छन् ।

बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।

कमेन्टहरु
Loading...