काँग्रेस जागरण अभियान सकियो, भरतपोखरीमा ५० जना काँग्रेसमा प्रबेश

पोखरा, ७ असोज /नेपाली काँग्रेस कास्कीले संचालन गरेको जागरण अभियान मंगलबार देखी सकिएको छ । जागरण अभियानलाई सम्बोधन गर्दै नेपाली काग्रेसका नेता तथा पुर्व अर्थमन्त्री महेश आचार्यले लोकतन्त्र सहमतिले चलछ बल मिचाईले नचल्ने बताएका छन् ।

नेता आचार्यले बर्तमान सरकारले दुई तिहाईको दम्ममा एकलौटी तरिकाले देशलाई नै धरापमा राखेर अगाडी बढेको आरोप लगाएका हुन् । देशको राष्ट्रियता नै खतरामा पर्ने बिबेक गुमाएर सरकार चलाउदा अर्थतन्त्र देखि विकास निर्माणका कामहरु समेत अलपत्रमा परेको प्रशंग उठाउदै नेता आचार्यले सस्था भन्दा ब्यक्ति बलियो हुने गरि सरकार चल्दा देश नवन्ने ठोकुवा गरेका थिए ।

काग्रेसलाई कसरी सत्तामा पु¥याउने भन्नेमा हामीहरुमा चिन्ता होईन चिन्ता त के मा हो भने लामो संघर्ष र वलिदानबाट आएको संविधान संकटमा पर्ने हो की भन्ने डर जनतामा सृजित भएकाले काग्रेस जनताको भावनालाई बुझेर देश जागरणको अभियानमा ज’टेको हो नकी सत्ताको लागि होईन नेता आचार्यको स्पष्ठ भनाई रहेको थियो ।

कास्की निर्वाचन क्षेत्र नं २ मा आगामी मंसिर १४ गते हुन लागेको संसदको उप निर्वाचनलाई समेत केन्द्रित गरि राखिएको कार्यक्रममा काग्रेसका आर्का केन्द्रिय सदस्य जिवन परियारले यो सरकारको कार्यसैली जन पक्षिय नभई कुशासन तर्फ उन्मुख भएकाले सडक देखि सदन सम्म विरोधका आवजहरु उठाउन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

पोखरा माहनगरपालिका वडा नम्बर ३३ को भरतपोखराीमा भएका क्रममा विभिन्न पार्टी छाडेर नेपाली काग्रेसमा प्रबेश गरेका नेता तथा कार्यकर्तालाई आर्याले अबिर र खादाले स्वागत गरेका थिए । जागरण अभियान अन्तरग कास्की चार वटै गाउँ पालिका र पोखरा महानगरपालिकामा अभियान संचालन भएको थियो ।

कार्यक्रमका वक्ताले काँग्रेस आफ्नै गुटउपगुटका कारण चुनावमा हार व्यहोरेका बताउदै त्यसलाई चिरेर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । गुट उपगुट त्यागेर काँग्रेस भएर संगठन विस्तारमा लागे उपनिर्वाचन र अर्को निर्वाचनमा कसैले हराउन नसक्ने बताएका थिए ।

अर्का केन्द्रीय सदस्य जीवन परियारले सरकारले कुशासन गरिरहेको भन्दै सडकदेखि संसदसम्म आवाज उठाउनुपर्ने समय आएको उल्लेख गरे । नेता शुक्रराज शर्माले सबै नेता तथा कार्यकर्ताको ध्यान काँग्रेस बलियो बनाउनेतर्फ हुनुपर्ने बताए ।

त्यस अवसरमा नेता यज्ञबहादुर थापा, महादेव गुरुङ, राष्ट्रियसभा सदस्य बृन्दादेवी राना, महासमिति सदस्य देवराज चालिसे, गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापा, केन्द्रीय प्रतिनिधि ऋषिकेश तिवारी, नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, नवप्रवेशी चेतबहादुर महत र बमबहादुर पुनले बोलेका थिए ।

नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति आइबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य केशर निर्दाेषीले स्वागत र सचिव सुदीपमोहन भट्टराईले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...