नेपाली काँग्रेस पोखरा वडा नं.७ मा सम्पर्क कार्यालय स्थापना

पोखरा, १३ कात्तिक/नेपाली काँगे्रस वडा नं. ७ मा बुधबार सम्पर्क कार्यलय स्थापना गरिएको छ । कास्की क्षेत्र नं. ३ का उमेदार सोभियतबहादुर अधिकारीलाई निर्वाचनमा अत्याधिक मतले विजयी गराउनका सम्पर्क कार्यलय स्थापना गरिएको निर्वाचन परिचालन समितिले जनाएको छ ।सम्पर्क कार्यालयको उद्घाट क्षेत्र नं.३ का उमेदवार अधिकारीले गरेका थिए । कार्यक्रममा अधिकारीले आफुले उमेरको धेरै समय आफ्नो घर परिवारको लागि भन्दा जनताका लागि अर्पेको बताउदै चुनाव जिते पछि पनि जनता सगै रहने प्रतिवद्धता जनाए ।

मेरो इमान्दारीता देखेर मलाई पार्टीले थप जिम्वेवार दिएको छ उनले भने– यसका लागि यहाँहरुको सहयोग सद्भाव, शुभेच्छा एवं मतबाट मात्रै उक्त कुरा पुरा हुन सक्छ । उनले आगामि निर्वाचनमा रुख चिन्हमा मतदान गरि विजयी गराईदिन समेत सवै सग अपिल गरे । त्यसैगरी बुधबार नै पोखरा वडा नं.१७ महतगौडामा हरियाली आमा समूहकी उपाध्यक्ष तारा थापाको नेतृत्वमा त्यहाँको चौतारामा वृक्षारोपण गरिएको थियो । निर्वाचन परिचालन समितिले उमेदावर चुनाव प्रचार गर्दै पोखराको वडा नं. ७ को सुगम मार्ग, गहन मार्ग, फेवा मार्ग, श्रीकृष्ण मार्ग, कोलवारी मार्ग विकास मार्ग, जनप्रिय मार्गमा समेत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । विहिबार पोखराको रत्नचोकमा कोण सभा समेत गरिने समितिले जनाएको छ ।

त्यसै गरि निर्वाचनका लागि विभिन्न पार्टीहरु घरदैलोमा जाने क्रमले दिनानुदिन तिव्रता पाईरहेको छ । यसैक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर तीनका प्रत्यक्ष उम्मेदवार सोभियतबहादुर अधिकारी पनि आफ्नो क्षेत्रमा पुगेर भोट माग्न व्यस्त छन् । क्षेत्र नम्बर तीन अन्तरगत पर्ने विभिन्न स्थानका घरदैलोमै पुगेर उनले भोट मागिरहेका छन् ।

कमेन्टहरु
Loading...