राष्ट्रिय जागरण अभियानले कास्कीका कार्यकर्तामा उत्साह

पोखरा, २७ जेठ /नेपाली काग्रेस केन्द्रिय सदस्य अर्जुन जोशिले ओली सरकार दुई तिहाईको बलमा संविधान र कानून भन्दा माथि उठेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक दलिय अधिनायकवाद तर्फ उन्मुख हुन सरकारले प्रेसलाई अंकुश लगाउन खोजेको आरोप लगाए ।

राष्ट्रिय जागरण अभियानका प्रतिनिधि समेत रहेका उनले सरकार भ्रष्टचारमा लिप्त रहेका कारण जनताका आकांक्षा पुरा गर्न नसक्नेमा जोड दिए ।

नेता जोशिले सरकार भ्रष्टचारलाई संस्थागत गर्न खोजेको बताउँदै सरकारले कांग्रेसका नेतालाई दोषी देखाएर भ्रष्टचारीलाई संरक्षण गरेको आरोप लगाए । उनले भ्रष्टचार मुछिए कांग्रेसकै नेताको पनि सती जान नसकिने बताए ।

वाईडबडी, एनसेल लगायतमा भएको भ्रष्टचारको छानविन गरेर भ्रष्टचारीलाई तत्काल कारबाहि गरेर देखाउन सरकारलाई चुनौती दिए । नेपाली कांग्रेसले सम्पन्न गरेको पहिलो चरणको राष्ट्रिय जागरण अभियानले कास्कीका कार्यकताहरु उत्साहित बनेका दावी गरे ।

वैशाख २५ गतेबाट सुरु भएको १ महिने जागरण अभियानले कार्यकतामा थप हौसला बढेका समेत उनले दावी गरे । निर्वाचनपछि जनतासंग संवाद टुटेका बेला जागरण अभियानले कार्यकतालाई जनता माझ जान सहज भएको बताए ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसिले जागरण अभियानले ४० हजार कार्यकता माझ पार्टी संगठनलाई सदृढीकरण महत्वपूर्ण भूमिका खेलेको बताए । अभियानका क्रममा कास्कीका ७२ ईकाइमा ४ सय प्रतिनिधिहरुले पार्टीलाई मजबुत बनाउनका लागि सुझाव संकलन गरेको नेता केसीले जानकारी दिए ।

संकलित सुझावलाई केन्द्रमा पठाइने केसीले बताए । अभियानका क्रममा निर्वाचनका बेला भएको घात अन्र्तघातको समिक्षा गर्दै आगामी दिनमा एक भई अघि बढ्ने प्रतिवद्धजा समेत जाहेर गरिएको थियो ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलको सभापतित्वमा भएको कार्यक्रमा उपाध्यक्ष प्रकास चन्द« सापकोटाले स्वागत र सचिव प्रदिप पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...