कास्कीको हेम्जामा कांग्रेसको घरदैलो तथा भेटघाट

कात्र्तिक २५, पोखरा/नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर नं ४ ले हेम्जा गाँउ विकास समितिको विभिन्न वडाहरुमा व्यापक घरदैलो र भेटघाट कार्यक्रम गरेको छ । आज र भोलि दुई दिनसम्म हेम्जामा कांग्रेसको कार्यक्रम हुने क्षेत्रीय प्रचार संयोजक आईवहादुर गुरुङ्गले जानकारी दिनुभयो । हेम्जामा घरदैलोमा रहेको उम्मेदवार महादेव गुरुङ्ग, समानुपातिक उम्मेदवार शुक्रराज शर्मा र हरिमाया गुरुङ्ग तथा कांग्रेस नेताहरुको टोलीलाई स्थानिय मतदाताले भव्य स्वागत गरेका छन् ।

नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नं ४ का प्रत्यक्ष तर्फका उम्मेदवार महादेव गुरुङ्ग, समानुपातिक उम्मेदवार शुक्रराज शर्मा र हरिमाया गुरुङ्ग, क्षेत्रीय सभापति आईवहादुर गुरुङ्ग, जिल्ला सचिव युवराज कुँवर, महासमिति सदस्य रामचन्द्र त्रिपाठी, महाअधिवेशन प्रतिनिधि पोषनाथ शर्मा र सेती कुँवर, जिल्ला सदस्य देवेन्द्रकुमार शेरचन, क्षेत्रीय कोषाध्यक्ष जीवनाथ पौडेल, हेम्जाका पार्टी सभापति माधवशरण वाँस्तोला, विद्यार्थी नेताहरु सुशिल पौडेल, वलराम त्रिपाठी लगायत पार्टीका विभिन्न तहका नेता तथा भातृ संस्थाका नेता र कार्यकर्ता गरी १ सय ५० जनाको टोलीले घरदैलो कार्यक्रम गरीरहेको छ । 

यसैगरी कास्की निर्वाचन क्षेत्र नं ४ का २० वटै गाविस र पोखरा २ गरी २१ वटै क्षेत्रमा घरदैलो र भेटघाट कार्यक्रम गरेको क्षेत्रीय सभापति आईवहादुर गुरुङ्गले जानकारी दिनुभयो । चुनावी प्रचार अभियानलाई गाँउ केन्द्रित तीव्र पारेको पनि गुरुङ्गले वताउनुभयो । घरदैलो कार्यक्रममा विगतको द्धन्द्धका कारण कांग्रेस छाडेका र विस्थापित भएका पूराना कार्यकर्ताहरु आफ्नै घर कांग्रेसमा फर्कनेको लहर वढेको पनि क्षेत्रीय सभापति आईवहादुर गुरुङ्गले जानकारी दिनुभयो

कमेन्टहरु
Loading...