काँग्रेसको विधान संशोधनका लागि सुझाव संकलन गर्न पोखरामा भेला

पोखरा, ९ असोज / नेपाली काँग्रेसको विधान संशोधन सुझाव संकलनका लागि पोखरामा मङ्गलबारदेखि भेला

शुरु भएको छ । गण्डकी प्रदेशस्तरीय भेलामा सात जिल्लाका महाधिवेशन प्रतिनिधि, यस प्रदेशका केन्द्रीय

सदस्य, सांसद र भातृ संस्थाका प्रतिनिधि सहभागि रहेको कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी

दिए ।

कास्की काँग्रेसको व्यवस्थापनमा भएको भेला बुधबारसम्म चल्ने छ । भेलामा पाँच वटा समूह बनाएर छलफल

गरी विधानमा समेट्नु पर्ने विषयमा सुझाव संकलन गरिने छ। भेला उद्घाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री

डा. शशांक कोइरालाले पार्टीका संस्थापक वीपी कोइरालाले लेखेको विद्यान शंशोधन गर्न लागिएको बताए ।

पार्टीको जीवनका लागि यो ऐतिहासिक कालखण्ड हो महामन्त्री कोइरालाले भने – ‘आफुमाथि ठूलो जिम्मेबारी

रहेको सम्झेर विद्यान शंसोधनका लागि सुझाव दिन जरुरी छ ।’ विधान संशोधन मस्यौदा समिति गण्डकी

प्रदेशका संयोजक फर्मुला मन्सुरको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य अमर पुन, कास्की

काँग्रेसका सभापति कृष्ण केसीले बोलेका थिए ।

कमेन्टहरु
Loading...