नेपाली काँग्रेसद्वारा बधाई एवं सम्मान कार्यक्रम

पोखरा, १० पौष/नेपाली काँग्रेस पोखरा ११ इकाई कार्यसमितिको आयोजनामा कास्की जिल्लाबाट निर्वाचित सभासद यज्ञ बहादुर थापा र शारदा पौडेललाई वधाई तथा सम्मान गरेको छ ।

कार्यक्रममा सभासद यज्ञ बहादुर थापाले जनताले दिएको मतको उच्च मुल्यांकन गर्दै संविधान लेखन कार्यमा सक्रिय भूमिका खेल्ने तथा विकास निर्माण लगायत स्थानिय स्तरमा हुने जनताका प्रत्येक समस्याहरु समाधान गर्न आफू कटीबद्ध भएर लाग्ने बताए । त्यस्तै कास्की क्षेत्र नं. २ बाट विजयी सभासद शारदा पौडेलले पनि संविधान लेखन कार्य र विकास निर्माणका काममा अहोरात्र खटिएर लाग्ने बताइन् ।

कार्यक्रममा कास्की क्षेत्र नं. २ का सभापति माधव प्रसाद वास्तोला मधु, जिल्ला सह सचिव मुकुन्द बास्तोला ज्वाला, जिल्ला सदस्य निर्मल प्रसाद कर्माचार्य, पोखरा नगर सचिव धर्मदत्त ढुंगाना, प्रेस यूनियन नेपालका केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुली आदीवासी जनजाती क्षेत्र नं. २ का संयोजक खम्बा सिंह गुरुङ्ग, किसान संघका केन्द्रिय सदस्य अमृत श्रेष्ठ, ने.वि.सं. का नेता भानु ढकाल, नेपाली काँग्रेस पोखरा ११ का इकाई सभापति टिकाराम वास्तोला, काग्रेस नेता टंकनाथ वास्तोला लगायतबाट बधाई एवं शुभकामना दिएका थिए ।

 

कमेन्टहरु
Loading...