कास्की काँग्रेसले सदस्यता वितरण तथा पार्टी सुदृढिकरण अभियान गर्ने

पोखरा, ६ चैत / नेपाली काँग्रेस कास्कीको सोमबार बैठक बसेको छ । बैठकले कास्कीका ७२ वटै इकाइमा साधारण सदस्यता वितरण तथा पार्टी सुदृढिकरण अभियान संचालन गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

सो अभियान संचालनका लागि पार्टी पदाधिकारी र क्षेत्रीय सभापतिको संयुक्त बैठकले अनुगमन टोली गठन गर्ने छ ।

टोलिले पार्टीको साधारण तथा क्रियाशील सदस्यता वितरण गर्ने, पार्टीका हालसम्मका गतिविधि, पार्टीले निर्वाह गरेको भुमिका, भातृ तथा शुभेच्छुक संस्थाका गतिविधि बारे जानकारी लिनेछ ।

त्यस्तै, टोलिले अन्य राजनैतिक पार्टीले गरिरहेका गतिविधि बारे पनि समीक्षा गरी जेष्ठ मसान्तसम्म पार्टीमा प्रतिवेदन बुझाउने छ ।

बैठकले आद्य जगद्गुरु रामानन्दाचार्य पद विभुषित महायोगी सिद्वबाबा श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराजलाई चैत्र ९ गते पोखरामा नागरिक अभिनन्दन गर्न लागिएकोमा त्यसको स्वागत गरेको छ ।

बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...