Ganthan News Pokhara
All news from Pokhara & around

छिटो भन्दा छिटो संघीयता खारेज गर्नुपर्छ- चित्रबहादुर केसी

चित्रबहादुर केसी
1

बुटवल, ६ फागुन/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले छिटो भन्दा छिटो संघीयता खारेज गर्नुपर्ने बताएका छन् । प्रगतिशील पत्रकार संघले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले संघीयता खारेजीको बिकल्प नै नरहेका बताए ।

नेपाली भुमिले संघीयता धान्नै नसक्ने भन्दै उनले भने, ‘बिदेशीको ईशारामा नेपालमा संघीयता ल्याइएको हो, नेपालमा प्रजातान्त्रिक विकेन्द्रीकरण सहितको ब्यवस्था उपयुक्त हुन्छ ।’

एमाले माओवादी गठबन्धनको सरकारलाई जनमोर्चाको समर्थन रहेपनि पार्टी एकताको कुनै सम्भावना नरहेको उनले बताए । केसीले माओवादीको २१ औ शताब्दीको जनवाद र एमालेको जनताको बहुदलीय जनवादको सारमा एउटै भएको समेत टिप्पणी गरे ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु