प्रतिबन्ध हटाउन माग गर्दै विप्लवको आन्दोलन, के के छन् त कार्यक्रम

काठमाडौं, ११ चैत /नेकपा विप्लव समूहले सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकारले फागुन २८ गते विप्लव समूह माथि प्रतिबन्ध लगाएको थियो ।

पछिल्लो पटक मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नेताहरु समेत पक्राउ परेपछि प्रतिबन्ध हटाउन र कार्यकर्ता रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सोमबार नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ती जारी गर्दै पक्राउ परेका नेता कार्यकता रिहाईको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।

आन्दोलनका कार्यक्रम अन्तरगत १३ गते देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द घोषणा गरेको छ ।

त्यसै गरि १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने विज्ञप्तीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...