भ्रष्टाचारका विवरण माग्र्दै विवेकशील अख्तियारमा

पोखरा, १५ चैत/विवेकशील साझा पार्टीको ‘ठुलो माछा समाऊ’अभियानअन्तरगत गण्डकी प्रदेश शाखाले शुक्रबार पोखरास्थितअख्तियार दुरुपयोग कार्यालयमापुगेर पछिल्लो विवरण माग गरेको छ ।

फागुन १४ गते मंगलबार भ्रष्टाचारको विरुद्धमा ज्ञापन पत्रबुझाएको विवेकशील साझा गण्डकी प्रदेशले एक महिनापछि प्रदेश र यस क्षेत्रमाभएका भ्रष्टाचारको विवरण माग गरेको हो । ‘ठुलो माछा कता छ ?’ नारा दिएर भ्रष्टाचारको विरुद्धमा देशव्यापीविवेकशील साझा पार्टीले अभियानचलाईरहेको छ ।

सोहीअभियानअन्तरगतपार्टीको गण्डकी प्रदेश शाखाले पोखराको अख्तियार कार्यालयमा पुगेर भ्रष्टाचारको उजुरी र कारबाहीको विवरण मागेको हो । विवेकशील साझा पार्टी गण्डकी प्रदेशका सँयोजक महेश भण्डारी, यो अभियानका सँयोजक दीपक पौडेल लगाएतका पार्टीका अभियन्ता तथा अगुवाहरु पोखरा नयाँ बजार स्थित अख्तियार कार्यालयमा पुगेका थिए।

अख्तियार कार्यालयले दिएको विवरण अनुसार यस क्षेत्रमा अघिल्लो आर्थिक वर्षको भन्दा भ्रष्टाचारको संख्याझन् बढेको देखिएको छ । प्राप्त गरेको विवरणअनुसार अघिल्लो आर्थिक वर्षको २ सय ८७ वटा भ्रष्टाचार सम्बन्धि उजुरी परेकोमा यो आर्थिक वर्षको फागुन सम्ममा ३ सय ४५ वटा उजुरी कार्यालयमादर्ता भैसकेका छन् । दुई आर्थिक वर्षको कुल ६ सय ३२ वटा उजुरीमध्ये ३ सय ४ वटा मुद्दा फस्र्यौट भैसकेका छन् भने बाँकी ३ सय २८ वटा उजुरी अनुसन्धानको क्रममा रहेको अख्तियारले बताएको छ ।

अख्तियारका अनुसार सबैभन्दा बढि उजुरी संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रालयतर्पm परेको देखिन्छ । प्रदेश अन्तरगतका जिल्ला गत उजुरी विवरण अनुसार सबैभन्दा बढि उजुरी कास्की जिल्लाको परेको छ भने पर्वत, तनहुँक्रमागत छन् । मनाङमाशून्यउजुरी छ भने मुस्ताङ दोस्रो कम उजुरी पर्ने जिल्ला रहेको छ ।

विवेकशील साझा पार्टीले वाइडवडी, ३३ केजी सुन, मेलम्ची र गण्डकी मेडिकल कलेज लगायतमा भ्रष्टाचारको विषयमाकाबारहीगर्न भनि सरकारलाई दबाबदिँदै आएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकअनुसार अघिल्लो वर्ष १ सय २२ औँ स्थानमा रहेको नेपालअहिले भ्रष्टाचार हुने मुलुकहरुमध्ये १ सय २४ औँ स्थानमाझरेको छ । र, दक्षिण एशियाली आठ मुलुकमध्ये नेपालपाँचौ स्थानमा रहेको छ ।

कमेन्टहरु
Loading...