पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल को हुन ?

पोखरा, १२ चैत/पर्वत क्षत्र नं. २ प्रदेश सभाबाट निर्वाची विकास लम्सालको जन्म २०२६ जेष्ठ ३ गते खानीगाउँ गाविस –२ पर्वतमा भएको हो । बुबा यज्ञप्रसाद र आमा गोमादेवीबाट जन्मेका लम्सालका दुई छोराछोरी छन् । त्रिभुवन बिश्वबिद्यालयबाट ब्यवस्थापन संकायमा स्नातकोत्तर गरेका लम्साल २०३८ सालमा भवानी बिद्यापीठ मावि, खानीगाउँमा अनेरास्ववियुको सदस्य भएर राजनितीमा प्रवेश गरेका लम्साल पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति, एमाले पर्वतको जिल्ला अध्यक्ष हुदै २०७० सालमा संविधान सभा सदस्यमा निर्वाचित लम्साल हाल प्रदेश सासंद बन्नुभएको छ ।

२०४१ सालमा भएको शैक्षिक शुल्क बृद्धिको बिरोधमा आन्दोलनको नेतृत्व गर्दा १७ दिन प्रहरी हिरासतमा रहेका लम्सालले २०४१ देखि ०४३ सम्म धौलागिरी अञ्चाधिश कार्यालयमा राजकाज सम्बन्धी मुद्दा खेप्नु भएको थियो । २०४४ सालमा पर्वत बहुमुखी क्याम्पस फलेवासमा अनेरास्वबियु प्रारम्भिक कमिटीको सदस्य भएका लम्साल २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युबा संघको जिल्ला कमिटी कोषाध्यक्षमा निर्वा्चित हुनुभयो ।

उहाँ २०४७ सालमा तत्कालिन नेकपा माले, खानीगाउँको सदस्यमा निर्वा्चित हुनुभएको थियो भनें ०४९ सालमा पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखराको स्वबियु सदस्यमा निर्वा्चित हुनुभयो । २०५३ सालमा सम्पन्न नेकपा एमालेको तेस्रो जिल्ला अधिबेशनबाट जिल्ला कमिटीको सदस्यमा निर्वा्चित भएका लम्साल ०५७ मा सम्पन्न चौथो अधिबेशनबाट जिल्ला सचिवालय सदस्य र २ नम्वर क्षेत्रको क्षेत्रिय समिति संयोजक हुनुभयो । २०६० सालमा सम्पन्न पाँचौ अधिबेशनबाट उहाँ उपसचिव पदमा निर्वा्चित हुनुभयो ।

२०६१ माघ १९ को शाही कु पछि ३ महिना हिरासतमा राखिएका लम्साल २०६३ मा छैटौ जिल्ला अधिवेशनबाट जिल्ला सचिव र २०६६ सालमा सम्पन्न सातौ अधिबेशनबाट अध्यक्ष पदमा निर्वा्चित हुनुभयो । उहाँ २०५४ सालमा सम्पन्न स्थानिय निकाय निर्वाचनमा खानीगाउँ गाविसको अध्यक्षमा निर्विरोध निर्वा्चित हुनुभएको थियो ।

सधै सामन्तवादको बिरुद्ध कडा रुपमा प्रस्तुत हुने । पर्वतको विकास निर्माणमा तल्लिन रहने लम्साल २०७० सालको संबिधान सभामा पर्वत क्षेत्र नं२ वाट अत्याधिक मतका साथ बिजयी भएका थीए । संबिधान बनाउनमा बिशेष भुमीका खेलेका लम्साले जिल्लाको बिकासमा समेत ठुलो सम्झन लायक काम गरेका छन् ।

निर्वा््िचत भएको करिब ४ बर्षको अवधिमा लम्सालले अत्यान्तै विकट क्षेत्र नं. २ मा सम्झन लायक काम गरे त्यसैले गर्दा यहाँका जनताहरुले नाम जस्तै काम भन्दै लम्साल लाई नै चाहाने गरेका छन् । पर्वतको मात्र नभई ४ नम्मर प्रदशको बिकासका लागि लम्सालको भुमिका महत्वपुर्ण हुने छ । १० बर्ष देखि अलपत्र पर्वत खण्ड परेको उत्तर दक्षीण जोड्ने कालीगण्डकी लोक मार्ग लाई पुर्णता दिन पनि लम्सालको भुमीका महत्वपुर्ण हुने छ ।

त्यस्तै शिक्षा क्षेत्रको विकासमा निकै आशालाग्दा कदमहरु चाले भने सडकको पहुँच नपुगेका साबिकका गाबिसहरुमा सडक पुराउने काम समेत गरे । १ ईन्च कालोपत्रे समेत नभएको पर्वत क्षेत्र नं.२ मा उनकै कार्यकालमा सडक कालोपत्रे हुदै छ । उनकै पहलमा दोबील्ला हुदै फलेवास सम्मको सडकमा अहिँले कालोपत्रेको काम भईरहेको छ । खानेपानी ,बिधुत नपुगेको ठाँउमा बिजुलीको व्यवस्था समेत उनकै कार्यकालमा भयो ।

युवा पुस्ता देखी बृद्धा सम्म लम्साल प्रति क्रेज छ । दमदार भाषण, माओवादीको आक्रमणमा घाइते र जनआन्दोलनको सक्रियताका कारण उनी जिल्लामा स्थापीत नेता बन्न सफल भएकै कारण उनी प्रदेशसभाबाट निर्वाचित भएका हुन । युवानेताका रुपमा परिचित लम्साल संसदमा सार्वजनिक लेखा समिति सदस्य विभिन्न उपसमितिको संयोजक भएर जिम्मेवारी सम्हालिसक्नुभएको छ । उनले छिमेकी देश सहित १३ वटा राष्ट्रको भ्रमण गरेका छन् ।

उनले आगामी दिनमा प्रदेश ४ लाई आर्थिक समृद्धिमा लैजान कृषि,पर्यटन शिक्षा र जलश्रोतका सम्भावनालाई कसरी लैजान्छन् यो उनको आगामी कार्यकालले देखाउला ?

कमेन्टहरु
Loading...