राष्ट्रवादी विचार जनतासामु राख्न नसकेर पछाडि परेका हौं–भूमिसुधार मन्त्री पाण्डे

पोखरा, १२ चैत/राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष एवं भुमिसुधार मन्त्री बिक्रम बहादुर पाण्डेले राष्ट्रवादी विचार जनता सामु स्पष्ट राख्न नसकेर हामी पछाडि परेको बताएका छन् ।

राप्रपा कास्कीले शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले राष्ट्रवादी सोचहरु हरेक गाउँ, वडा, समाजमा पु¥याई सानातिना कुरामा नअल्झिकन बैशाख ३१ गते सम्पन्न हुन गइरहेको स्थानीय निकायको चुनावमा एकताबद्ध भई भाग लिन आग्रह गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दुवादी र देशभक्ति पार्टी भएको बताउँदै उनले सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुलाई एक भई अगाडि बढ्न र राष्ट्रियता जोगाउन कम्मर कसेर लाग्नुपर्नेमा जोड दिनुभयो । जिल्ला अध्यक्ष जयलाल पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव हरि बरालले गरेका थिए ।

कमेन्टहरु
Loading...