भरतपुर १९ को मतगणना सकिदा देबी २२१ मतले अगाडी

चितवन, २१ साउन/चितवनको भतरपुर महानगरपालिकाको वडा नं १९ मा मतगणना सकिएको छ । वडा नम्बर १९ मा कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार कर्ण बहादुर गुरुङ प्यानल सहित विजयी भएका छन् ।

भरतपुर १९ मा दलित महिला सदस्यमा चुन्चा परियार, खुला सदस्यमा जयनारयण सापकोटा, दोर्ण गुरुङ, महिला सदस्यमा साधना पराजुली वियजी भएका छन् ।

तीन हजार ८ सय ९७ मतदाता रहेकोमा २ हजार ८ सय ६९ मत खसेको थियो । वडा नम्बर २० को मतगणना अब केही समयमा सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । मेयर पदका लागि रेणु दाहाल देवि ज्ञवाली भन्दा २२१ मतले पछाडी छन् ।

कमेन्टहरु
Loading...