भरतपुर मतगणनाबारे निर्वाचन​ आयोगले आज पनि निर्णय गर्न सकेन

काठमाडौं, १९ जेठ /मतपत्र च्यातिएपछि रोकिएको भरतपुर महानगरपालिको मतगणना बारे आज​ पनि निर्वाचन​ आयोगले कुनै निर्णय गर्न सकेन । माओवादी कार्यकर्ताले गत​ आइतबार मतपत्र च्यातेपछि भरतपुर मतगणना बारे सबैको ध्यान निर्वाचन​ आयोगले गर्ने निर्णयतर्फ सोझिए पनि अहिलेसम्म कुनै निर्णय हुन नसकेको हो ।

निर्वाचन​ आयोगले सहन्यायाधिवक्ता गीता मितिल्सिनाको संयोजकत्वमा गठित समितिको प्रतिवेदन चित्त नबुझेपछि बुधबार च्यातिएको मतपत्र एकिन गर्न मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानलेलाई निर्देशन दिएको थियो ।निर्देशन अुनसार मुख्य निर्वाचन अधिकृत न्यौपानले उम्मेद्वारको प्रतिनिधिको रोहबरमा ९० वटा मतपत्र च्यातिएको प्रतिवेदन पठाए पनि आयोगको हिजो र आज​ लगातार बसेको बैठकले कुनै निर्णय गर्न नसकेको हो ।

राजनीतिक दल र सरकारको दबाब कारण आयोगले पुन मतदान गराउने कि मतगणना गराउने भन्ने विषयमा ठोस निर्णय लिन नसकेको आयोग स्रोतको भनाई छ । सत्तारुढ दलले पुनः मतदान गर्न दबाब दिएका छन् । प्रमुख प्रतिपक्षी एमालेले च्यातिएको मतपत्र रद्द गरेर मतगणना सुरु गर्न सडक र संसदबाट दबाब दिइरहेको छ । भरतपुर महानगरपालिकामा कांग्रेस माओवादीले प्रधानमन्त्री पुत्री रेणु दाहाल र एमालेले देवी ज्ञवालीलाई मेयरको उम्मेद्वार बनाएको छ ।

कमेन्टहरु
Loading...