विप्लबको बन्द पोखरामा आंसिक, स्कुल ठप्प

पोखरा, ८ फागुन /कार्यकर्ताको रिहाईको माग सहित विप्लव समूहले गरेको नेपाल बन्दको प्रभाव पोखरामा आंसिक परेको छ । केही पसलहरु खुलेका छन् भने निजी सवारीहरु चलेका छन् । तर सार्वजनिक बसहरु चाहीँ चलेका छैनन् । सार्वजनीक यातायात नचल्दा सर्वसाधरणलाई भने एक ठाउँबाट अर्को ठाउँमा कठिन भएको छ ।

बन्दले निजी विद्यालयहरु पनि बन्द हुन पुगेका छन् । गाडी नचलि विद्यालय चलाउन नसक्ने भन्दै उनीहरुले बन्द गर्ने गरेका हुन् । आधा भन्दा बढी विद्यार्थीहरु बसमा जाने भएकाले स्कुल पनि बन्द गर्नुपरेको प्याव्सन कास्कीले जनाएको छ ।

प्याव्सनसँग कास्कीभर १ सय २ वटा स्कुलमा ८० हजार विद्यार्थी छन् । प्याव्सनले मात्रै ४ सय हाराहारीमा विद्यार्थी ओसार्न गाडी चलाउँछ । उता एनप्याब्सनसँग पनि ४५ वटा स्कुलमा १५ हजार हाराहारीमा विद्यार्थी छन् भने १ सय ५० वटा गाडी चल्छन् । सरकारी स्कुल पनि बन्द नै छन् ।

कमेन्टहरु
Loading...