वामपन्थी मिलेर भोट माग्दा घलेलवासी उत्साहित

पोखरा,३० कार्तिक /माछापुच्छ«े गाउँपालिका वडा नं ९ घलेलका गौरीप्रसाद दाहाल अहिले उमेरले ७२ पुगे ।
सामान्य मतदाता मात्र रहेका उनलाई पछिल्ला निर्वाचनमा भोटमाग्ने कम्युनिष्ट पार्टीका उम्मेदवारलाई एउटै आग्रह हुन्थ्यो, एमाले र माओवादी मिलेर आउ, अनि म भोटमात्र होइन सँगसँगै प्रचारमा हिँड्छु ।

तिनै दाहाल विहीवार भने दिनभरीनै वाम गठवन्धनको चुनावी घरदैलोमा सक्रियतापूर्वक लागे । प्रदेशसभाका उम्मेदवार रामजी वराल जीवनं लगायतको प्रचार टोली गाउँमा आउने खवर वुधवार वेलुका थाहा पाएका दाहालले विहान सवेरै प्रचारमा सहभागि वने । “ मैले चाहेको कुरा वल्ल अहिले आएर पुरा भयो । एमाले र माओवादी मिलेरै चुनावमा भोट माग्न आउदा मेरो खुशीको सिमानै छैन।” दाहालले भने“ म मात्र कहाँ हो हामी सवै गाउँलेनै खुशी भएका छौँ ।

हाम्रा उम्मेदवारहरुलाई जिताउन भोट माग्न हिँडछम् । ” दाहाललाई नेताहरु कतै चुनावमा मात्र मिलेका हुन् कि भन्ने आशंका समेत रहेछ । तर पछि दुवै पार्टी एउटै हुने कुरा उम्मेदवारलेनै वताएपछि उनले भने,“ढिलै भएपनि नेताहरुले हाम्रा मनका कुरा वुझे । अव त दुईटा पार्टीले चुनाव जितेर देशको विकास गर्छन्”।

दाहाल मात्र होईन ल्वाङ र घलेलका युवादेखी वुढावुढीहरुले पनि चुनाव प्रचार र घरदैलोमा विहानै देखी सक्रियतापूर्वक साथ दिएका थिए । कोणसभा पनि उनीहरुले नेताहरुको कुरा चाख मानेर सुने ।  उम्मेदवार रामजी बरालको चुनाव प्रचार प्रसार टोलीले विहीवार माछापुच्छ«े गाउँपालिका वडा नं ९ का ल्वाङ, कोलेली ,कालिमाटी र सिदिङ्गमा घरदैलो गरे । उम्मेदवार वरालले पर्यटकिय क्षेत्र ल्वाङको विकास र स्थानीयका खानेपानी, वाटोघाटो लगायतका समस्याहरु समाधानमा आफु लागिपर्ने भनाई राखे ।

गाउँपालिका अध्यक्ष कर्णवहादुर गुरुङ्ग र उपप्रमुख कृष्णकुमारी दवाडीले वामपन्थीको सरकारले मात्र देशमा तिर्व विकास जनताको समृद्धिको चाहना पुरा गर्ने धारणा राखको छन् । निर्वाचन परिचालन कमिटि क्षेत्र नं ३(१) का संयोजक दीपक पौडेलले अव क्षेत्रनं ३ मा वामगठवन्धनका उम्मेदवारहरुको जीतलाई कसैले पनि रोक्न नसक्ने दावी गरे ।

कमेन्टहरु
Loading...